Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट !

अर्थ सरोकार

फागुन १७ । 
साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीमा सामान्य गिरावट आएको छ । आइतबार प्रति तोला ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज सोमबार पनि ५६ हजार रुपैयाँमा नै कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी तोलामा ५  रुपैयाले घटेर प्रति तोला ७ सय २०  रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल सुन चांदी व्यवसायी संघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४८ हजार १० रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय ९५ रुपैयाँ कायम गरेको छ ।
 त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय १७  रुपैयाँ ५० पैसा कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK