×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यान पत्रकारिता पुरस्कार दोश्रो पटक पनि सुरज प्याकुरेललाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्यान पत्रकारिता पुरस्कार दोश्रो पटक पनि सुरज प्याकुरेललाई

Artha Sarokar

९ फाल्गुन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 ९ फाल्गुन, काठमाडौं ।
लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पत्रकार सुरज प्याकुरेल ‘एक्यान पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित भएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स  संघ (एक्यान) ले हरेक बर्ष प्रदान गर्ने उक्त पुरस्कार यसपाली सुरज प्याकुरेललाइ प्रदान गरेको हो । एक्यानले शनिवार सम्पन्न गरेको संघको बार्षिक साधारण सभामा संघका नि:वर्तमान अध्यक्ष भरत रिजालले पत्रकार प्याकुरेललाई सम्मानित गरेका हुन् ।  

नेपाली लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गर्ने पत्रकारहरुमध्ये उत्कृष्ट पत्रकारलाई एक्यानले गतबर्षदेखि सम्मानित गर्दै आएको छ । विशेषगरी नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचार सम्प्रेषण गरी नेपाली लेखा व्यवसायसँग आवद्ध सरोकारवालाहरुलाई सुचित गरेको भन्दै प्याकुरेललाई सम्मान गरिएको एक्यानका निवर्तमान अध्यक्ष भरत रिजालले बताए । गत बर्षपनि उक्त पुरस्कार सुरज प्याकुरेललाइ नै प्रदान गरिएको थियो ।
एक्यानले दोश्रो पटक आफुलाई उक्त पुरस्कारबाट सम्मानित गरेकोमा निकै खुसी भएको बताउँदै सुरज प्याकुरेलले एक्यानले गरेको सम्मानबाट आफुलाई अझ जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् । ‘एक्यानले गरेको सम्मानपछी थप जिम्मेवारी बढेको महसुस भएको छ । नेपाली लेखा व्यवसायसँग सम्बन्धित समाचारहरु सम्प्रेषण गर्ने काममा निरन्तर लागिरहनेछु । ‘    
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी