×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोन्सन बेबी पाउडर प्रयोग गर्नुहुन्छ? सावधान हुनुहोस्, क्यान्सर लाग्न सक्छ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जोन्सन बेबी पाउडर प्रयोग गर्नुहुन्छ? सावधान हुनुहोस्, क्यान्सर लाग्न सक्छ !

Artha Sarokar

१३ फाल्गुन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

के तपाइँ आफ्नो बच्चालाइ जोन्सन बेबी पाउडर प्रयोग गर्नुहुन्छ ? यदि प्रयोग गर्नुहुन्छ भने होस गर्नुहोस, तपाइंको बच्चालाई क्यान्सर पनि लाग्न सक्छ । जोन्सनका विभिन्न उतपादन लामो समयसम्म प्रयोग गर्दा अमेरिकामा एक महिलालाई अण्डाशयको क्यान्सर भई ज्याननै गएको खुलासा भएको छ ।
जोन्सन एण्ड जोन्सनको उत्पादनकै कारण क्यान्सर भएपछी अमेरिकामा एक महिलाको परिवारको पक्षमा फैसला गर्दै अमेरिकाको मिसौरी राज्यको स्थानीय अदालतले कम्पनीले पीडित र राज्यलाई गरी कुल ७.२ करोड अमेरिकन डलर बराबरको क्षतिपूर्ति तथा जरीवाना तिर्नुपर्ने फैसला सुनाएको छ ।

एजेन्सीका अन्सुआर ‘ज्याकलिन फाक्स’ नाम गरेकी एक महिलाको सन् २०१५ अक्टोबरमा क्यान्सरका कारण मृत्यु भएको थियो । मृत्युपछि ती महिलाको परिवारले जोन्सनको उत्पादनकै कारण क्यान्सर भएको र यसबाट ज्यान गएको दाबी गर्दै स्थानीय अदालतमा कम्पनीविरुद्ध मुद्धा दायर गरेको थियो ।
एजेन्सीका अन्सुआर उक्त महिला बिगत लामो समयदेखि जोन्सन एण्ड जोन्सन कम्पनीका उत्पादनहरुको प्रयोगकर्ता थिइन् । ती महिलालाई अण्डाशयको क्यान्सर भएको थियो ।अदालतले लामो समय आफ्नो उत्पादन प्रयोग गर्नेलाई क्यान्सर हुने कुरा कम्पनीलाई थाहा भए पनि यो बिषयमा प्रयोगकर्तालाई सचेत नगराइएको गम्भीर आरोप समेत लगाएको छ । यता कम्पनीले भने आफ्नो उत्पादन गुणस्तरीय भएको रटान लगाउंदै आएको छ।

  • एजेन्सीको सहयोगमा  तयार सामाग्रीको अर्थ सरोकारकर्मीले गरेको नेपाली अनुवाद 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी