×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाइलटले आफु मरेर पनि अरुलाई बचाए, हेरौं को को थिए विमानमा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पाइलटले आफु मरेर पनि अरुलाई बचाए, हेरौं को को थिए विमानमा ?

Artha Sarokar

१४ फाल्गुन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

Update : 2:32 भेरी अञ्चल प्रहरीका डिएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनामा दुइ  जनाको ज्यान गएको छ । एक गम्भिर घाइते छन् ।

Update : 2:23 नेपालगञ्ज विमानस्थल कट्रोलरुमका अनुसार १२ः१६ मा नेपालगञ्जबाट उडान भरेको विमान १२ः५३ मा जुम्ला अवतरण गर्नुपर्ने थियो । तर, उडान भरेको १० मिनेटमा नै विमानमा समस्या आएको जानकारी पाइलटले विमानस्थाललाई दिएका थिए । उनले १२ः२६ मा आफूले ल्याण्ड गर्ने जानकारी विमानस्थललाई दिएका थिए ।

Update : 2:18 कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार विमानमा ११ सवार थिए । दुई जना सख्त घाइते र ९ जना सामान्य घाइते रहेको उनले जानकारी दिए ।

Update : 2:15 नागरिक उड्ययन प्राधिकरण अन्तरगत विपद् व्यवस्थापन इकाइका अनुसार विमानको कल साइन 9N-AJB रहेको छ ।

Update: २ः०५ कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले स्थानीयले पठाएको सूचना अनुसार प्रहरीको टोली घटना स्थलतर्फ गएको बताए । उनका अनुसार अरु आधा घण्टापछि प्रहरीको टोली त्यहाँ पुग्ने थप विवरण आउने बताए ।

Update: १ः ५९ सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार कालिकोट तिलखाया गाविस–२ मा क्र्यास ल्याण्डिङ भएको हो । कालिकोट र जुम्ला रेस्कुयु टोली परिचालन गरिएको छ । ९ जना जीवत रहेको भन्ने खबर प्राप्त भए पनि त्यसको पुष्टि त्यहाँ पुगेर मात्र हुने उनले बताए ।

विमानमा खराबी आएपछि काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ । म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिनमै अर्को दुर्घटना भएको हो । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको निधन भएको थियो  ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी