×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुइँ स्याउतर्फ आकर्षित हुँदै नेपाली किसान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भुइँ स्याउतर्फ आकर्षित हुँदै नेपाली किसान

१६ फाल्गुन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


अर्जुन खनाल / नयाँ दिल्ली 

बोटको स्याउ त हामी अधिकांसले देखेकैछौ तर भुईस्याउ कस्तो हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर पछिल्लो समय भुइँ स्याउ धेरैमाझ प्रिय बन्दैगएको छ । यो स्याउको बोट सुर्यमुखी फुलकोजस्तो हुन्छ । यो स्याउ रोपेकै बर्ष फल दिने कृषि प्राविधिक बताउँछन । जमीनमुनि सखरखण्डजस्तै फल्ने यो स्याउको बोक्रा ताछेर खाँदा निकै स्वादिलो हुने कृषकहरु बताउँछन । यसले पत्थर ,मधुमेह ,जन्डिस ,कब्जियत लगाएत रोगमा फाईदा हुने बताईन्छ ।

एउटा बोटमा १० देखि १५ केजीसम्मको  फल्ने नुवाकोट भाल्चेका किसानले बताए । उनीहरु भन्छन पहिला ‘हामीलाई विश्वासनै थिएन। तर पनि हामिले थोरै मात्रामा लागायौ पछि आम्दानी सोचेभन्दा पनि राम्रो भएपछि यसतर्फ हामी आकर्षित भएर यसको खेती तर्फ लागेका हौ । यसको मुल्य १५० देखि २ सय रुपैयाँ हुनुपर्नेमा बजार अभावले ६० रुपैयाँ किलो छोड्नु परेको गुनासो गरे ।

सात वर्षअघि जापानबाट ५ केजी बीउ ल्याएर यसको खेती सुरु गरिएको ‘एग्रीकल्चर प्रड्क्सन एण्ड मार्केटिङ सेन्टर’का डाईरेक्टर मोति खनालले बताउनु भयो ।त्यसमा पनि १५ लाख केजि उत्पादन गरि बिक्री भैइसकेको उँहाले जानकारी गराए ।

यो प्रजातिको फल पेरु ,बेलिभिया ,जापान  लगाएतका देशमा पाईन्छ ।नेपालमा नुवाकोट ,रसुवा ,सिन्धुपाल्चोक ,धादिङ ,सिन्धुपाल्चोक ,चरिकोट लागाएतका जिल्लामा यसको ब्यवसायिक खेती सुरु भएको छ । ७ बर्षअघि बीउ नेपाल भित्रिए पनि ब्यवसायिक खेती हुन थालेको करिब ४ बर्ष भएको बजार प्रवन्धक खनालले बताए ।’भुँई स्याउलाई बजार अभाव नहोस भनेर हामिले संस्था खोलेर बजारीकरण गरेका छौ। ‘ खनालले भने फललाई प्रसोधन गरि च्यवनप्रास बनाएर  पनि परिक्षण गरिरहेका छौ ।

खनाल थप्छन ‘हामी चाडैनै विभिन्न देशमा यसको बजार ब्यवस्थापन पनि गर्ने योजना बानाएका छौ। अहिले आएर करिब २५० कृषक संलग्न भएका छन । ‘आर्गनिक तरिकाले उत्पादन गरिएको भुँई स्याउमा फलाम ,क्याल्सियम ,सोडियम,पोटासियम,क्यालोरिन ,म्याग्नेसियम ,भिटामिन १ र २ अनि गुलकोजको मात्रा पाईने भएकाले स्वास्थलाई फाईदा  हुने बाताईन्छ । यसको पातबाट हर्वल चिया, फलबाट जुस ,सिपर ब्रान्डी ,रक्सी समेत उत्पादन हुने भएकाले बजारको खासै समस्या नहुने खनालले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: