
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका लोभीपापीहरुलाई हातमा लिएर आफ्नो स्वार्थ हासिल गर्न सफल मानिँदै आएको प्रभू बैंकका खेलाडीरुपी देवीप्रकाश भट्टचन, अशोक शेरचन लगायत ठूला कर्मचारी र पदाधिकारीले ग्राण्ड बैंकसँग मर्ज गर्दा शेयर होल्डरहरुको आँखामा छारो हालेर आर्थिक अपराध गरी ठगी गरेको रहस्य पर्दाफास भएको छ । प्रभू बैंकको रु. १ सयको सेयरको भाउलाई ग्राण्ड बैंकसँग मर्ज गर्ने बाहानमा मात्र कसरी १ सय २१ रुपैयाँ बनाइयो ? यही खेलमा अहिले गभर्नर नेपाल र कार्यकारी निर्देशक शिवनाथ पाण्डेले प्रभू बैंकका मालिकहरुसँग घाँटी जोडेर दुनियाँको आँखामा छारो हाल्दै ग्राण्ड बैंक मर्ज गरेको मौकामा स्वतः प्रभू बैंकको पूँजी अनुपातको रकम बढाइदिएका हुन् ।
ग्राण्ड बैंक प्रभू बैंकमा मर्ज हुँदा उसको १ सय रुपैयाँको सेयरको भाउ ६५ रुपैयाँ कायम हुने, तर प्रभूको चाहि त्यही बेलामा उसको १ सयको सेयरको भाउ चाहि कसरी १ सय २१ हुन्छ ? बैंकरहरु भन्छन्–‘कानून र नियमको कुरा गर्ने हो भने प्रभू बैंकको सेयरको भाउ रु १ सय हुँदा ग्राण्ड बैंकको ५२ रुपैयाँ हुनसक्ला । तर ग्राण्ड बैंकको रु. ६५ कायम गरिँदा प्रभू बैंकको केसरी १ सय २१ रुपैयाँ तोक्न मिल्छ ?’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेयरको यो जोड घटाउलाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ । नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जिवी नेपालसहितको एउटा लोभीपापी समूह प्रभू बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन, सीइओ अशोक शेरचनको प्रभावमा परेपछि मर्कामा परेका हजारौं सर्वसाधारण शेयरधनीहरुले अख्तियारले यो मुद्धालाई गम्भीर रुपमा हेनुैपर्ने माग उठाइरहेका छन् ।
नियम कानूनभन्दा पनि भेटीघाटी चढाएर आफ्नो काम फत्ते गगराउनमा चतुर खेलाडी देवीप्रकाश भट्टचन, अशोक शेरचन २०७२ बैशाखको भूकम्प पश्चात् नेपाल राष्टबैंकलाई ठूलो घर तुरुन्तै भाडामा चाहिएको सूइँको पाएर आफ्नो लैनचौरस्थित प्रभू भवन खालि रहेको प्रस्ताव लिएर राष्टबैंक नेतृत्व समक्ष पुगे । आफ्ना सबै भवन भत्केर बिजोग भएका गभर्नर नेपाल र उनको मण्डली पनि प्रभूको घर भाडामा लिने निश्कर्षमा पुग्यो र अन्ततः सबै नियम कानून मिचेरै भए पनि प्रभूको लैनचोरस्थित भवनमा आफ्ना केही विभागलाई राख्यो । कानूनतः केन्द्रीय बैंकले आफू मातहतको वाणिज्य बैंकको भवनमा भाडा तिरेर बस्न नमिल्ने केन्द्रीय बैंकका अध्येता र अन्तराष्टिय बैकिंग कानूनको बेत्ताहरुको दाबी छ । नैतिकताको प्रश्न उठाउने हो भने पनि नियमनकारी केन्द्रीय बैंकले एउटा वाणिज्य बैंकसँग कसरी लेनदेनको व्यापारिक कारोबार गर्न मिल्छ ?
प्रभूको अगाडि महादेवको पनि तीन नेत्र भन्ने नयाँ नेपाली उखान झै २०७२ जेठमा घरभाडाको नाममा गभर्नर चिरञ्जिवी नेपालसँग विशेष सम्बन्ध बनाएका प्रभू बैंकका उच्च अधिकारीहरुले हालैमात्र आफू अनुकूलको अक्वाएर स्वीकृति लिएर ग्राण्डसँग एकीकृत कारोबार समेत थालिसकेका छन् ।
विगतमा खतिवडाले पदीय दुरुपयोग गरेको डिंग पिट्दै हिडँेका तिनै कार्यकारी निर्देशक शिवनाथ पाण्डेको सिफारिसमा नेपाल राष्टबैंक संचालक समितिले प्रभू बैंकलाई एकाएक ग्राण्ड बैंक अक्वायर गर्न कहीँ नभएको आधारमा स्वीकृति दिएको आजको साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्