×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

UPDATE: काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना हुँदा २ को मृत्यु, ९ घाइते

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

UPDATE: काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना हुँदा २ को मृत्यु, ९ घाइते

१४ फाल्गुन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, १४ फागुन ।
पछिल्लो जानकारी अनुसार काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने, ९ घाइते  भएका छन्।
१ः ५९ सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार कालिकोट तिलखाया गाविस–२ मा क्र्यास ल्याण्डिङ भएको हो । कालिकोट र जुम्ला रेस्कुयु टोली परिचालन गरिएको छ । ९ जना जीवत रहेको भन्ने खबर प्राप्त भए पनि त्यसको पुष्टि त्यहाँ पुगेर मात्र हुने उनले बताए ।

विमानमा खराबी आएपछि काष्टमाण्डप एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिनमै अर्को दुर्घटना भएको हो । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको निधन भएको थियो  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: