
नेपाल अडिटर्स एशोसियसन¬(अडान) ले आफ्नो चौथो राष्ट्रिय महाधिवेसनयहि जेठ २१ गते देखि जेठ २३ गतेसम्म गर्ने भएको छ । आज संस्थाले एक प्रेश बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै अडानले चौथो राष्ट्रिय महाधिवेसनका लागि अडानका अध्यक्ष मोहनराज रेग्मीको सयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न १६ वटा उप समितिहरु गठन गरेको छ ।
अडानले सिए सरोकारलाई पठाएको प्रेस बिज्ञप्ति यस्तो छ :
नेपाल अडिटर्स एशोसियसन¬(अडान) मा देशभरका ६५ जिल्लामा जिल्ला कार्य समिति, ६ ओटा क्षेत्रिय कार्य समिति, ६३ सदस्यीय केन्द्रीय कार्य समिति र २१ सदस्यीय सचिवालय समिति रहेका छन । यसले लेखा तथा लेखापरीक्षण क्षेत्रमा रहि कार्यरत रजिष्टर्ड अडिटरहरुको पेशागत हकहित, दक्षता अभिवृद्धि लगायतका कार्यहरु गर्दै आएको छ ।
२०७२ साल फाल्गुण २२ गते सम्पन्न केन्द्रीय कार्यसमितिको नवौ बैठकको निर्णय बमोजिम चौथो राष्ट्रिय महाधिवेशन यहि मिति २०७३ साल जेष्ठ २१ गते देखि २३ गते सम्म काठमाडौमा सम्पन्न गर्ने निणर्य गरेको सहर्ष जानकारी गराउदछौ । महाधिवेशन सफल पार्न अध्यक्ष श्री मोहनराज रेग्मीज्यूको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न १६ वटा उप समितिहरु गठन गरेको छ । यसका साथै यस बैठकले निम्नानुसारका विशेष प्रस्तावहरु पारीत गरेको छ ।
पारीत विशेष प्रस्तावहरु
१) लामो समयको पखाईपछि देशले पूर्ण रुपको मुल कानुन “नेपालको संविधान–२०७२” पाएको छ । यस्को कार्यान्वयनसँग सम्वन्धित आवश्यक सम्पूर्ण कानुनहरु प्राथामिकताका क्रममा अविलम्व पारित गराई संविधानको कार्यान्वयन सुनिश्चतता गरियोस् ।
२) हाल जनप्रतिनिधि विहिन स्थानिय निकायमा आर्थिक अनुशासन र पारर्दर्शीता कायम हुन नसकेको देखिएकोले संविधान बमोजिम स्थानिय निकायको निर्वाचन गरी आर्थिक वातावरणमा भरपर्दो परिस्थिति निर्माण गरियोस् ।
३) संसोधनको प्रक्रियामा रहेका देशका करीव ३०० वटा भन्दा बढि कानुनहरुको आर्थिक प्रावधानहरुमा लेखाव्यावसायिहरुको भूमिका स्पष्ट गर्न जोडदार माग गर्दछौ । साथै ऐनहरुमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट सदस्यता प्राप्त गरेका सदस्य लेख्न जोडदार माग गर्दछौ ।
४) गैर लेखापरीक्षकहरुले लेखाव्यावसाय गरेको भन्ने गुनासा विगत देखिनै उठदै आएकोले गैर लेखापरीक्षकहरुको उक्त कार्य अविलम्व निस्तेज गराउन आईक्यान एवं सम्वद्ध पक्षहरुसँग जोडदार माग गर्दछौ ।
५) आगामि २०७३ साल जेष्ठ २१, २२ र २३ गते काठमाडौमा सम्पन्न हुने गरी तय भएको चौथो राष्ट्रिय महाधिवेशन सफल पार्न सम्पूर्ण तहका अडानका कमिटिगत व्यक्तिहरु त्था सदस्यहरुलाई सक्रियतापूर्वक संलग्न हुन आह्वान गर्दछौ ।
मितिः २०७२/११/२२ गते
(डोलप्रसाद दाहाल)
उप–महासचिव
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्