Skip to content
LAXMI SUNRISE BANK

नेपाल अडिटर्स एसोसिएसनले पायो नयाँ नेतृत्व, हेरौं को को निर्वाचित भए

अर्थ सरोकार

दीक्षा कट्टेल, अर्थ सरोकार । 
काठमाडौँ – दर्तावाला लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुन : मोहन राज रेग्मी निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा प्रतिष्पर्धी मोहन सुबेदीलाई हराउंदै उनी निर्वाचित भएका हुन् ।  यसअघि पनि उनले अडानको अध्यक्षको पद सम्हालिसकेका थिए ।

अध्यक्ष निर्वाचित भएपछी मोहनराज सुबेदीले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  यता निर्वाचनमा पराजित भएका मोहन सुबेदीले पनि आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
यता भने कृष्ण पौडेल प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै प्रथम उपाध्यक्ष पदमा कृष्ण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको निर्वाचानमा अध्यक्ष पदका लागि निर्वाचन भएको भएपनि पौडेल भने प्रथम उपाध्यक्ष पदमा निर्विरोद निर्वाचित भएका हुन् । पौडेल अडानमा निकै सक्रिय मध्येका एक हुन् । अडानका हरेक जसो कार्यक्रममा निकै सक्रिय भएर भूमिका खेल्ने गरेका पौडेल प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै अडानको उपाध्यक्षमा सुर्य प्रसाद अधिकारी निर्वाचित भएका छन् भने महासचिवमा डिपी दाहाल निर्वाचित भएका छन् । यता प्रथम उपाध्यक्षमा भने कृष्ण पौडेल निर्वाचित भएका छन् ।

निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK