×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ नेपाल अडिटर्स एशोसिएशनको काठमाडौँ घोषणापत्र (पूर्ण पाठसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस्तो छ नेपाल अडिटर्स एशोसिएशनको काठमाडौँ घोषणापत्र (पूर्ण पाठसहित)

Artha Sarokar

२३ जेष्ठ २०७३, आईतवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

 
काठमाडौं – नेपाल अडिटर्स एशोसिएशन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन् । चौथो राष्ट्रिय अधिवेशन अन्र्तगत आईतबार सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मोहनराज रेग्मीले २७५ मत प्राप्त गरी विजयी भएका हुन ।

एसोसिएशनको ६८ सदस्यीय केन्द्रीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी र प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्विरोध निर्वाचित  भएका छन्  । यस्तै उपाध्यक्षहरु प्रदेश नं. १ बाट प्रकाशनारायण चौधरी, २ बाट बद्रि भट्टराई, ३ बाट केदारनाथ पौडेल, उपत्यकाबाट दिनकरमानसिंह प्रधान, ४ बाट केशबहादुर केसी, ५ बाट अव्दुल करिम खां, ६ बाट हिमालय खत्री र ७ बाट कर्णबहादुर खडायत निर्वाचित भए  ।

यस्तै महासचिवमा डोलप्रसाद दाहाल, उपमहासचिवहरु मिरा श्रेष्ठ र झलकमणि लम्साल निर्विरोध निर्वाचित भए  । ८ वटा सचिव पदमा गणेशराज राई, बलराम चौधरी, जयाकुमारी झा, सावित्री शर्मा, पोषराज नेपाल, गोबिन्दराज रेग्मी, भरतकुमार श्रेष्ठ, राजेन्द्र ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा केशव आचार्य र सहकोषाध्यक्ष प्रदिप यादव निर्विरोध निर्वाचित भए  ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा प्रदेश नं. १ बाट महानन्द शर्मा गुरागाई, जयधर्म खनाल, राजनप्रसाद ढकाल प्रदेश नं. २ बााट मेघराज पौड्याल, शोभाकान्द झा, शिशिरचन्द्र गौतम, प्रदेश नं. ३ बाट रामजी अधिकारी, रोहितकुमार झा, उपत्यकाबाट भोलानाथ पाठक, गोविन्द खतिवडा, चन्द्रभक्त श्रेष्ठ, झनकराज ढुंगेल, प्रदेश नं. ४ बाट नारायणप्रसाद शर्मा, चन्द्रबहादुर सुवेदी, प्रदेश नं. ५ बाट वीरेन्द्र महरा, गणेश पहाडी, गोकर्ण आचार्य, प्रदेश नं. ६ बाट बलराम रेग्मी, प्रदेश नं. ७ बाट बासुदेव जोशी, हेमनारायणलाल देव, महिला सदस्यहरु मेनुका पराजुली, अनिताकुमारी श्रेष्ठ, मायावादे श्रेष्ठ, सरस्वती श्रेष्ठ, अमिरालक्ष्मी तुलाधर, टिना सुवेदी, डा. जानकीकुमारी तुलाधर, राधीका ढकाल, जनजातिबाट विनोद चंखु, बिलबहादुर भुजेल, दलितबाट प्रेम बिश्वकर्मा, मधेशीतर्फ तुलाराम कुर्मी, रामलक्ष्ण राय, दिनानाथ रौनियार, परमेश्वर साह, महेन्द्र यादव र खुलातर्फ सुनिल आचार्य, कामोद झा, शिवराज बराल, मधुसुदन भट्टराई, हरिबहादुर कार्की, दधिराम ढुंगाना, नेत्र ज्ञवाली र लिला भट्टराई निर्वाचित भएका छन् । 

आईतबार आयोजित कार्यक्रममा संस्थापक महासचिव तथा बन्दसत्रका अध्यक्ष जीव नारायण बरालले नवनिर्वाचित कार्य समितिलाई सपथ गराए  ।

सपथ ग्रहणपछि बोल्दै अध्यक्ष रेग्मीले नेपाल चार्टर्ड एकाउन्टेन्स् ऐन संसोधन प्रक्रियामा रहेको त्यसमा आरप्रतिको विभेद हटाउन लाग्ने र पेशाको मर्यादालाई अझ उचो बनाउने प्रतिवद्धता व्यक्त गरे  ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार मोहन सुवेदी, संस्थापक अध्यक्ष कमल खरेल, सांसद तथा अडानका सल्लाहकार प्रभा वर्जाचार्यले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए  ।

“राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान” भन्ने मूलनारा रहेको महाधिवेशनले लेखापरीक्षकहरुका सबैखाले विभेदहरु अन्त्य गर्न माग गर्दै १७ बुँदे काठमाडौं घोषणपत्र पनि जारी गरेको छ । घोषणापत्रमा “एक व्यक्ति एक पेशा” लागु गर्न समय पर सार्न, रजिष्टर्ड लेखापरीक्षक पनि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको अध्यक्ष, उपाध्यक्ष हुन पाउने र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सबै सदस्यहरुले सबै पार्षदहरुलाइ मतहाल्नुपर्ने गरी कानुन संशोधन  गर्न, लेखापरिक्षकलाई मतियारको रुपमा गरेको व्याख्या हटाउनलगायतका माग उठाएको छ । 


यस्तो छ काठमाण्डौं घोषणापत्र

लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा मिति २०७३ जेठ २१ देखि २३ गतेसम्म भव्य रुपमा सम्पन्न भएकोे छ । “राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान” मूलनाराका साथ मुलुकभरका ४९० लेखापरीक्षक प्रतिनिधिहरु सहभागी महाधिवेशनले संगठनात्मक, आर्थिक र विधान संशोधन प्रस्ताव पारीत गरी आगामी कार्यभारहरु तय गर्दै अध्यक्षसहित ७३ सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्वाचित गरेको छ । नेपालको राजनीतिक संक्रमणको अन्त्यसंगै आर्थिक एवम् सामाजिक समृद्धि एवम् सुशासनका लागि  लेखाव्यवसायको प्रभावकारी भूमिका र हकहितलाई व्यवस्थित बनाउनुपर्ने यस घडीमा अडानको सार्वभौम यस चौथो राष्ट्रिय महाधिवेशन तपसिलका प्रस्तावहरुसहित यो काठमाण्डौं घोषणापत्र जारी गर्दछ ।

विशेष प्रस्तावहरु

१.    विश्वव्यापी आर्थिक विकाससंगै सिर्जना भई रहेको आय असमानता र वातावरणीय चुनौति सामनाका लागि सम्वद्ध निकायहरुको ध्यानाकर्षण गर्दछौं । विश्वका पेशाकर्मीहरुले सञ्चालन गरिरहेको पेशागत अभियान, हकहित र आन्दोलनप्रति हार्दिक ऐक्यवद्धता प्रकट गर्दै संसार मानव समुदायको सुरक्षित जीवन, क्रियाशिलता र अधिकारका लागि उपयुक्त थलो बनाउन सबैको प्रभावकारी भूमिकाको अपेक्षा गर्दछौं ।

२.    नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप जननिर्वाचित प्रतिनिधिहरु सम्मिलित संविधानसभाको माध्यमबाट संविधान निर्माण भएको छ । संविधानले राजनीतिक संक्रमणको अन्त्य गर्दै आर्थिक समृद्धि र समतामूलक समाज निर्माणको परिकल्पना गरेको छ र आम नागरिक यसप्रति आशावादी र उत्साहित छन । आर्थिक समृद्धिलाई सार्थक बनाउने राज्य र हामी सबै सचेत नागरिकहरुको दायित्व भएकोले आआफनो भूमिकालाई प्रभावकारी बनाउन प्रतिवद्ध छौं ।

३.    मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण बिग्रिएको कारण व्यवसायीहरुले असुरक्षाको महशुश गरिरहेका छन । शान्ति तथा सुरक्षाको प्रत्याभुत गरी पेशा तथा व्यवसायको प्रवद्र्धन र प्रचुर विकासको वातावरण निर्माण गर्न राज्यसंग जोडदार मांग गर्दछौं ।

४.    नयां संविधानसंगै सबै ऐन कानूनको परिमार्जन गर्नुपर्ने भएकोले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन पनि परिमार्जन गरी लेखापरीक्षकहरुका सबैखाले विभेदहरु अन्त्य गरी समान सदस्यता कायम गराउनका लागि नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) संग जोडदार मांग गर्दछौं । साथै ऐनको परिमार्जनको सन्दर्भमा आपसी छलफल र सहमतिको माध्यमबाट अघि बढने र चांडो भन्दा चांडो कानून बनाई  लागु गर्न आवश्यक पहलकदमीका लागि हार्दिक आग्रह गर्दछौं । 


५.    नेपाली लेखाव्यवसायीहरुलाई पेशामा असुरक्षित र लाञ्छित गर्ने गरी आएको अर्थ विधेयकको दफा १२७ मा गरिएको “मतियार” को व्याख्या र दण्ड सजायंको व्यवस्था तत्काल खारेज गर्न, पेशाको गरीमा तथा मर्यादा कायम राखी निर्वाध एवम् निष्पक्ष रुपमा काम गर्न पाउने वातावरण निर्माण गर्न नेपाल सरकारसंग जोडदार मांग गर्दछौं । सम्पत्ति शुद्धिकरण ऐन तथा नियमावली कार्यन्वयनको सिलसिलामा बनेका निर्देशिकाले लेखाव्यवसायीलाई सूचकको रुपमा राखेको हुदँं उक्त कार्य लेखापरीक्षकहरुको आचरण विपरीत हुने भएकाले सो ब्यवस्था हटाउन मांग गर्दछौ ।

६.    २०७० श्रावणबाट रजिष्टर्ड लेखापरीक्षकको हकमा “एक व्यक्ति एक पेशा” लागु गर्न शुरु भएपनि हालसम्म लेखापरीक्षण गर्नुपर्ने निकायहरुको तुलनामा पर्याप्त जनशक्ति नभएको र लेखापरीक्षण गर्नुपर्ने निकायहरुको संख्या दिनप्रतिदिन बढदै गई रहेको अवस्थामा मांग र आपूर्तिवीचको सन्तुलनलाई मध्यनजर गर्दै हाललाई उक्त समयसीमा २०८० सम्म कायम गर्न मांग गर्दछौं ।     

७.     आइक्यानले आफ्ना रजिष्टर्ड लेखापरीक्षक सदस्यहरुको क्षमता अभिवृद्धिका लागि सिपिई तालीमका अतिरिक्त आयकर, मुल्य अभिवृद्धि कर तथा अन्य प्रचलित कानुनहरुका साथै ब्अअयगलतष्लन र ब्गमष्तष्लन एचयाभककष्यल संग सम्वन्धित नविनतम ज्ञान प्रदान गर्ने खालका प्रयाप्त तालीम, गोष्ठी तथा सेमिनारको आयोजना हुन नसकी रहेको अवस्थमा त्यस्ता गोष्ठी तथा सेमिनारहरुको व्यवस्था गर्न मांग गर्दछौ ।

८.    लेखापरीक्षणका लागि विभिन्न निकायहरुमा सूचीकरण हुनुपर्ने व्यवस्था खारेज भएतापनि नेपाल सरकारका बिभिन्न निकायहरुले लेखापरीक्षक नियुत्तीमा सूचीकरणकै भल्को आउने गरि गरिएको सिफारिस र झञ्झटपूर्ण प्रक्रियाकोे अन्त्य गर्न मांग गर्दछौ ।

९.    नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको विभिन्न स्थानमा स्थापना भएका शाखाहरुको सशक्तीकरण र मुलुकका अन्य भागमा पनि शाखा तथा सेवा विस्तारको व्यवस्था गरियोस । साथै सिए शिक्षाको व्यापक प्रचार प्रसार अलावा संस्थाद्घारा सञ्चालन हुने सबै तहको परिक्षा सबै शाखाहरुबाट दिन पाउने गरी परीक्षा  केन्द्रको व्यवस्था गर्न मांग गर्दछौ ।

१०.    रजिष्टर्ड लेखापरीक्षक पनि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको अध्यक्ष, उपाध्यक्ष हुन पाउने र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सबै सदस्यहरुले सबै पार्षदहरुलाइ मतहाल्नुपर्ने गरी कानुन संशोधन  गर्न र वर्तमान निर्वाचन प्रणालीमा क्षेत्रीय स्तरमा प्रत्यक्ष निर्वाचन केन्द्र गर्न मांग गर्दछौ । 

११.     गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अवैध कार्य गरिरहेको अवस्थालाई मनन् गर्दै त्यस्ता कार्यलाई दुरुत्साहित हुने गरि तत्काल कारवाही गर्न मांग गर्दछौ ।

१२.     धितोपत्र बोर्ड नियमावलीमा रजिष्टर्ड लेखापरीक्षकहरुले शेयर दलालको लेखापरीक्षण गर्न नपाउने गरी गरिएको व्यवस्था खारेज गर्न मांग गर्दछौ । विभिन्न निकायको लेखापरीक्षण वा नियुक्तिको सन्दर्भमा रहेको सबै विभेदको अन्त्य गरी समान हैसियत कायम गर्न हार्दिक आग्रह गर्दछौं । 

१३.     लेखापरीक्षकहरुको प्रभावकारी भूमिका र क्रियाशिलताले राज्यको आर्थिक तथा वित्तिय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने हुदाउनीहरुको पेशागत क्षमता अभिवृद्धि  गर्नु राज्यको पनि दायित्व भएकोेले नेपाल सरकार र सम्वद्ध निकायहरुले प्रभावकारी कार्यक्रमहरु बनाई लागु गर्न जोडदार मांग गर्दछौं। 

१४.    नेपाल लेखापरीक्षणमान, प्रचलित ऐननियम, निर्देशिकाको परिधिमारहि विश्वसनियता, निष्पक्षता र पारदर्शिताको आधारमा लेखापरीक्ष्ँण कार्य सम्पन्न गर्न सबै लेखापरीक्षकहरु प्रतिवद्ध छौं । आचारसंहिताको पूर्ण परिपालना गरी पेशाको गरीमा र छवि उच्च राख्न प्रयत्नशिल रहनेछौं ।

१५.     यसवीचमा निधन हुनुभएका अडानका सदस्य लेखापरीक्षकहरु प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

१६.    नेपाल अडिटर्स एशोसिएशनलाई यहांसम्म ल्याउन योगदानगर्नुहुने निवर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलगायत सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित राष्ट्रिय महाधिवेशन आयोजक समिति, अध्यक्ष मण्डल तथा निर्वाचन समिति, महाधिवेशनका विभिन्न उपसमितिहरु, आर्थिक सहयोगदाताहरु, सञ्चारकर्मीहरु र व्यवस्थापनमा खटिनुहुने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

१७.    नेपाल अडिटर्स एशोसिएशनको सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट प्राप्त म्याण्डेट, उर्जा र उत्साहलाई संगठनको विकास र लेखाव्यवसायीको हितमा संगठित गर्ने र सबै निर्णयलाई कार्यान्वयनका लागि पहल गर्ने सामुहिक प्रतिवद्धता जाहेर गर्दछौं ।

नेपाल अडिटर्स एशोसिएशनको चौथो राष्ट्रिय महाधिवेशनको सिलसिलामा देशभरबाट आउनुहुने प्रतिनिधि तथा पर्यवेक्षक मित्रहरु एवम् आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पुर्याउनुहुने सबै संस्था तथा व्यक्तिहरु, प्रमुख अतिथिज्यू, अतिथि महानुभावहरु, सञ्चारकर्मीहरु, अहोरात्र खटनु हुने मित्रहरुलगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी