
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले झण्डै तीन दशक ‘कमरेड’ का रुपमा सहकार्य गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चक्मा खुवाइदिएका छन् । गत ९ असोजमा प्रचण्डसँग ‘डिभोर्स’ गरेका बाबुरामले ३० जेठमा रंगशालामा आयोजित पार्टी स्थापना घोषणा सभामा आएर भाषण ठोक्न निम्तो दिएका थिए ।
एक लाख कार्यकर्ता उतारेर प्रचण्डलाई देखाइदिने हल्ला पिटेका बाबुरामले निम्तो दिएपछि प्रचण्डले काठमाडौं छाडे । ‘निम्तो दिन नयाँ शक्तिका एक जना प्रतिनिधी आउनुभएको थियो, अध्यक्षज्युको सुदुरपश्चिममा कार्यक्रम पनि थियो, त्यसैले हामी धनगढी, बदिर्यातिरको यात्रामा लाग्यौं’, प्रचण्ड सचिवालयका एक सदस्यले भने ।
विगतमा एउटै संगठनमा बसेर काम गरेका पूर्वसहयात्रीले शक्ति प्रदर्शन गर्न लागेको खबरपछि प्रचण्ड एकाएक सुदुरपश्चिम हान्निएका हुन् । ‘हामीले हजारौँ कार्यकर्ता उतार्ने खबरपछि सशंकित भएर प्रचण्डजी आउन सक्नुभएन, उहाँ किन भाग्नुभयो हामीलाई थाहा छैन, प्रचण्डजीले बाबुरामको पावर चाहिँ देख्नुभयो’ नयाँ शक्ति नेपालका एक अभियन्ताले भने । रंगशालाबाट नयाँ शक्ति पार्टी घोषणा हुँदै गर्दा प्रचण्ड भने बदिर्यास्थित एक शहिदको घरमा थिए । प्रचण्डले प्रतिनिधीका रुपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पठाएका थिए । आजको जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्