
काठमाडौं – रात्री कालिन व्यवसायीको नाममा सञ्चालनमा आएका डान्स, डिस्को र लाउन्चबारमा व्यापक रुपमा मैलाएको कालो बजारीलाई सरकारी निकायले बेवास्ता गर्दै आएको छ ।
रेष्टुरेन्टमा राखिएको मेन्यू मै मन लाग्दी दरभाउ राखी बर्षौदेखि ग्राहक ठगी गर्दै आएका बारलाई सरकारी निकायले छाडा छोडदिँदा मनपरी बढेको हो । राजधानी लगायत देशका बिभिन्न शहरमा खोलिएका यस्ता बारका कारण दैनिक हजारौ ग्राहक ठगिदै आएका छन् ।
सरकारले बाटो र ठाँउको अबस्था हेरी तोकिएको मूल्यमा २५ प्रतिशत भन्दा बढी नाफा राखेर व्यापार गरेकालाई नेपालको कानूनले कालोबजारी गरेको मान्छ । तर, च्याउ सरी उमे्ररका यस्ता बारले दुई हजार प्रतिशतसम्म फाईदा राखी खुलमखुल्ला मेन्यू राखेरै व्यापार गर्दै आउँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जनप्रहार साप्ताहिकमा खबर छ । होलसेलमा १५ रुपैंयाको मिनिरल वाटरलाई दुई सय रुपैंया, २० रुपैंयाको पेय पर्दाथलाई २५०, ६० रुपैंयाको रेडबुल जुशलाई सात सय रुपैंयासम्म असुल्ने काम भएको छ ।
जुन रुपैंया सबै बारको मेन्यूमै स्पष्ट रुपमा उल्लेख गएिको छ । यसरी कालोबजारी गर्नेलाई कानूनले दुई हजारसम्म जरिवाना तथा १५ दिन देखी ६ महिनासम्म कैद र लाईन्सेस रद्ध गर्ने सम्मको अधिकार छ । तर नियमन नहुँदा रात्रीकालिन व्यवसायमा कालोबजारी मैलाएको हो ।