×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असफल हुँदैछ बुढीगण्डकी, देवकोटाका कारण आयोजना समस्यामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असफल हुँदैछ बुढीगण्डकी, देवकोटाका कारण आयोजना समस्यामा

Artha Sarokar

१० असार २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले प्राथमिकतामा राखेको बुढीगण्डकी जलविद्युत् आयोजना त्यसका अध्यक्ष लक्ष्मी देवकोटाका कारण नराम्ररी समस्यामा फसेको छ । देवकोटाका कारण बुढीगण्डकी जलविद्युत् आयोजनाको करिब तीन करोड बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । देवकोटा जसरी भएपनि आयोजनालाई असफल बनाउने योजनामा लागेका छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ – आयोजनालाई असफल बनाउने र डा बाबुराम भट्टराईको योजना सफल बनाउने ध्याउन्नमा उनी लागेको बताइन्छ । देवकोटा पछिल्लो समय उपप्रधानमनत्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको निर्देशन समेत अस्वीकार गर्दै आएका छन् ।
मन्त्री रायमाझीले पटक पटक राजीनामा दिन आग्रह गरेपनि अटेर गरेर बसेका छन् । उनकै कारण आयोजना समस्यामा परेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । देवकोटा मात्रै होइन आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेत समेत आयोजना बन्न नदिने पक्षमा रहेका छन् ।
प्राप्त भएको बजेट समेत फ्रिज गराउने र आयोजनालाई असफल बनाउने धन्दामा देवकोटा, बस्नेत मात्रै होइन अन्य केही व्यक्ति समेत लागेका छन् । पछिल्लो समय आफूलाई नयाँ शक्तिको नेता बताउँदै आएका छन् ।
आयोजनालाई कसरी अगाडि बढाउने भन्दा पनि बिगार्ने नै बढ्ता देखिएका छन् । आयोजना असफल हुँदा देवकोटा र बस्नेतलाई फाइदा होला तर मुलुकलाई भने घाटा हुने छ । एक हजार २०० सय मेगावाट क्षमताको सो आयोजनाको सबै तयारी पूरा भएको छ । मुआब्जा वितरणको प्रक्रिया सुरु भएको छ ।
यस पटक नै परियोजना प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको भएपनि देवकोटाकै कारण असफल भएको आयोजना प्रभावित क्षेत्रका नागरिकले बताएका छन् । उनीहरुका अनुसार गोर्खालीको नाममा देवकोटाले नराम्ररी ठगेका छन् ।
गोरखालीको नाममा गोरखाली जनतालाई काखमा राखेर छुरी रेट्ने काम देवकोटाले गरेको भन्दै आलोचना भएको छ । आयोजनालाई जुनसकै हालतमा अगाडि बढाउनुपर्नेमा प्राप्त भएको बजेट समेत फ्रिज गराउनेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी