×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमा माओवादीको ब्रम्हलुट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृहमा माओवादीको ब्रम्हलुट !

३२ जेष्ठ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

singhdurbar
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पाएको गृहमन्त्रालयमा ब्रम्हलुट गरेको छ । गृहमन्त्रालय मार्फत विपन्न नागरिकको आर्थिक सहायगत र उपचारका नाममा १५ करोड ४ लाख रुपैंया पहुँचवालालाई बाँड्ने काम भएको छ ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतको इशारामा पूर्वमन्त्री, सभासद तथा नेताका परिवारका नाममा रकम दुरुपयोग गरिएको छ । २०६६ सालमा सहायताका लागि बनेको निर्देशिकालाई आधार देखाएर माओवादीले कार्यकर्ताहरुलाई रकम बाँडेको हो ।
यतिसम्म कि तत्कालीन एनेकपा माओवादी (हाल माओवादी केन्द्र)का नेता नारायण दाहालले ०७० को निर्वाचनमा चुनाव प्रचारका बेला आफ्नो गाडीमा क्षति पुगेको भन्दै ०७२ साउनमा आएर १ लाख ४२ हजार रुपैयाँ बुझेका छन् । दोलखाका माओवादी केन्द्रका नेता रवि खड्काले १ लाख रुपैयाँ आर्थिक सहायता लिएका छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका उम्मेदवार थिए ।
दैलेखका कमलबहादुर शाहीले पनि १ लाख रुपैयाँ आर्थिक सहायता लिएका छन् । यस्तै पूर्वसांसद रामचरण चौधरीले १० लाख, सांसद मेगराज नेपालीले १५ लाख, पूर्वसांसद सोहनप्रसाद चौधरीले १५ लाख र पूर्वमन्त्री जयपुरी घर्तीले ३ लाख रुपैयाँ लगेकी छन् । यस बर्ष अधिकांशलाई कम्तिमा १ लाख आर्थिक सहायता उपलब्ध गराइएको छ । सरकारसँग बढी पहुँच भएकाले ३० लाखसम्म आर्थिक सहायताका नाममा पैसा लिएका छन् ।

बाँकेका तिलबहादुर थापा मगरले चालु आर्थिक बर्षमात्र आर्थिक सहायताका नाममा दुई पटक गरी ६ लाख रुपैयाँ लिएका छन् । २०७२ असार १४ गते मन्त्रिपरिषदले उनलाई १ लाख आर्थिक सहायता दिने निर्णय गरेको थियो । र, फेरि साउन १४ गते थप ५ लाख आर्थिक सहायताका लागि स्वीकृत गरेको थियो ।
एकातिर खाद्यान्न संकट, औषधोपचारको समस्यामा नागरिक रहेका बेला अर्कातिर आफुले जिम्मा पाएको मन्त्रालयमा ब्रम्हलुट गर्ने काममा बस्नेत सक्रिय रहेका छन् । स्रोतका अनुसार उनले एमाले र कांग्रेसका कार्यकर्ताहरुका लागि पनि न्युन रकम निकासाको आदेश दिएका थिए । 
‘कानुनले दिएको अधिकार प्रयोग गरिएपनि सम्बन्धित शिर्षकमा त्यस्ता पीडितलाई दिने रकम पहुँचवाला नेता र कार्यकर्ताले मात्र पाउनु ठिक होइन’, गृहस्रोतले भन्यो,‘जुन मन्त्री आएपनि यसरी अपचलन गर्ने प्रवित्ति बढेको छ ।’ आजको जनप्रहार साप्ताहिकमा खबर छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: