
नयाँ शक्तिले नेपालले आफ्नो स्थापनाको पूर्वसन्धायमा अनुमातिक आय व्यव विवरण सार्वजनिक गरेको छ । प्रवत्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्ती अनुसार आम्दानी र खर्चको विवरण यस्तो छ :
अनुमानित आर्थिक अवस्था
आम्दानी
- सदस्यता शुल्कः एक लाख १४ हजार पाँच सय ४६ सदस्यको रेकर्ड प्राप्त भएको, जसवाट प्राप्त हुने रकम – रु. एक करोड २० लाख २७ हजार तीन सय ३०
- प्रतिनिधि (१५००) को प्रवेश शुल्क रु. ५०० का दरले रु. सात लाख ५० हजार
- सचिवालय सदस्यहरुबाट रु १०,००० का दरले रु. छ लाख ६० हजार
- अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुलाई कम्तीमा रु. पाँच हजारमा नघटाई स्वेच्छिक सहयोग गर्न अनुरोध गरिएको छ । जसबाट कम्तिमा रु. १० लाख उठ्ने अनुमान गरिएको छ ।
- समर्थकहरुबाट प्राप्त सहयोग – रु. २५ लाख
- बैंक खातामा हाल बचत रहेको रकम – रु. सात लाख २७ हजार नौ सय ९३
- कूल – एक करोड ७६ लाख ६५ हजार तीन सय २३
(नोटः अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरुबाट आउने रकम अनुमानित हो, यसका आधारमा कूल रकम केही फरक पर्न सक्छ ।)
खर्च
- प्रचार–प्रसार, प्रकाशन – रु. ३७ लाख
- पार्टी घोषणा सभा व्यवस्थापन (मञ्च लगायत सम्पूर्ण व्यवस्थापन) – रु. २० लाख
- छलफल सत्रको खर्च (दुई दिनको) – रु. १२ लाख
- प्रतिनिधिहरुलाई वसोवास सहितको व्यवस्थापन – रु. १४ लाख
- जनपरिचालन खर्च – रु. १० लाख
- विविध – रु. १२ लाख
कूल रु. एक करोड पाँच लाख