×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ महिनामा प्रधानमन्त्रीले कति खर्च गरे त ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

७ महिनामा प्रधानमन्त्रीले कति खर्च गरे त ?

Artha Sarokar

२४ जेष्ठ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता/कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ७ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । 
भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री तथा दलका नेता/कार्यकर्ताले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् । एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी