×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक बैंकरको अचम्मको मरण, देव विकास बैंकका सहायक महाप्रबन्धक किरण घिमिरेद्वारा आत्महत्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक बैंकरको अचम्मको मरण, देव विकास बैंकका सहायक महाप्रबन्धक किरण घिमिरेद्वारा आत्महत्या !

Artha Sarokar

३२ जेष्ठ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–आफू विकास बैंकमा सहायक महाप्रबन्धक, श्रीमती सोही बैंकको शाखा प्रबन्धक । काँडाघारीमा घर । एक छोरासहितको सुखी परिवार । राम्रो जागिर, घर र सन्तान, आम नेपालीको ठूलो सपना हो ।
देव विकास बैंकका सहायक महाप्रबन्धक किरण घिमिरेसँग यी सबै कुरा थिए । तर, पनि उनको जीवन खुसी थिएन । केही समयदेखि डिप्रेसनमा थिए उनी ।
डिप्रेसनको औषधीसमेत सेवन गर्दै आएका थिए । सबै कुरा भएर पनि उनको जीवन खुसी थिएन । त्यसैले गत २६ जेठमा उनले आफन्त विनितामणी उपाध्ययलाई फोन गरेर भने, ‘म यो संसार छाड्दैछु, अलबिदा !’
त्यसपछि उनको मोबाइल स्वीच अफ भयो । उपाध्यय हतार–हतार घरमा पुग्दा उनको कोठामा चुकुल लगाएको थियो । चुकुल फुटाएर हेर्दा उनी झुण्डिरहेका थिए । आफन्तलाई फोन गरी आफू आत्महत्या गर्न लागेको जानकारी दिएर घिमिरेले बुधबार बिहान आफ्नै घरमा आत्महत्या गरेका हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी