×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४३ रुपैयाँ नतिर्दा १० दिनदेखि हिरासतमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

४३ रुपैयाँ नतिर्दा १० दिनदेखि हिरासतमा

Artha Sarokar

२९ असार २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–४३ रुपैयाँ राजस्व नतिर्दा दुई व्यापारी १० दिनदेखि प्रहरी हिरासतमा छन् । छुटपुर्जी नबनाएर बोधिचित्तका दाना लान खोज्दा हिरासतमा पुगेका हुन् ।
जिल्ला वनले महांकालचौर-६ का चक्रबहादुर तामाङ र सिपाली चिलाउन-९ कि टिना तामाङलाई ४० किलो ६० ग्राम बोधिचित्तका दानासहित असार १८ मा काभ्रेभञ्ज्याङबाट पक्राउ गरेको थियो ।
बोधिचित्तको प्रतिकिलो १ रुपैयाँ ४ पैसा राजस्व बापतको ४२ रुपैयाँ २२ पैसा नतिरी उनीहरु बिक्री गर्न लाँदै थिए । चापाखोरीमा एक किसानबाट २ लाख ६० हजारमा खरिद गरेका थिए । ‘प्रक्रिया पूरा नगरेको र राजस्वसमेत नतिरेका कारण पक्राउ गरेका हौं’ सहायक वन अधिकृत उदिम राईले भने, ‘थोरै परिणाम भएपनि राजस्व नतिरेकाले कारबाही अघि बढाएका हौं ।’
वनको आफ्नै हिरासत नहुँदा प्रहरीमा पुगेका छन् । राईले सरकारी वकिलको राय लिनु पर्ने लगायत प्रक्रियाका कारण लामो समय हिरासतमा राख्नु परेको र राय आएपछि जिल्ला वन अधिकृतले फैसला गर्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी