×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार बचाउन ५२ करोडको अफर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकार बचाउन ५२ करोडको अफर !

Artha Sarokar

६ श्रावण २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सरकार ढाल्ने र बचाउने खेलमा पैसाको ठुलो चलखेल भएको खुलासा भएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ५२ करोडको यस्तो ठुलो अफर लिएर आएको खुलासा गरेका हुन् ।
गठबन्धनकै दुई नेताले आफ्नो नाम भने गोप्य राख्न आग्रह गर्दै यो बिषय स्वीकारेका छन् । काँग्रेस र माओवादी मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले सरकार बचाउनका लागि आफ्ना दूतहरुलाई गठबन्धनका नेताकहाँ पठाई यस्तो पैसाको चलखेल भएको बताइएको छ ।
यसबारे अर्थ सरोकार डटकमले गरेको सुक्ष्म अनुसन्धानमा हामीले केहि तथ्य फेला परेका छौं । 
तथ्य नम्बर १ :
यो मेगा अफरको कुरा साउन १ गतेको हो । एमालेका महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विहानै १० बजे संघीय समाजवादी फोरम नेपालको कार्यालय पसेका थिए । जहाँ यो ‘मेगा डिल’ को कुरा भएको थियो । आधा घण्टासम्म कुराकानी गरेर पोखरेल र रिमाल त्यहाँबाट फर्किए । 
तथ्य नम्बर २ :
सरकारले गरेको यस्तो अफरका बारेमा पार्टीमा कुरा चल्यो । अफरको बारेमा साउन २ गते बसेको कुपण्डोलमा र साउन ३ गते फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा यादवले यसबारे जानकारी दिएका थिए । 
तथ्य नम्बर ३ :
उक्त अफरसंगै  ‘पोखरेलले मधेशको सबै माग पुरा गरिदिने, अरु के के सहयोग चाहिन्छ, सबै सहयोग गर्ने तर काँग्रेस र माओवादीलाई समर्थन नगर्न’ आग्रह गरेका थिए ।
के भन्छन् महासचिव पोखरेल र फोरम अध्यक्ष यादव ?
यद्यपी यो बिषयमा महासचिव पोखरेल र फोरम अध्यक्षले अनविज्ञता प्रकट गरेका छन् । पोखरेलसँग सम्पर्क गर्दा उनले आफू उपेन्द्र यादवलाई भेट्न नगएको र त्यस्तो छलफलबारे केही थाहा नभएको बताएका छन्  ।
उपेन्द्र यादवले पनि एसएमएस मार्फत जवाफ दिँदै यस्तो समाचार झुटो भएको बताएका छन् । यता विष्णु रिमालको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा अझै उठ्न सकेको छैन  ।
पहिला पनि थियो यस्तै काण्ड :
पैसाको चलखेलबारे यो पहिलो घटना भने होइन । केहि बर्ष अगाडि प्रचण्डको नेतृत्वमा सरकार बनाउन भन्दै माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको भनिएको विवादास्पद टेलिफोन संवाद बाहिर आएको थियो । 
हामी यसबारे अझै बुझ्ने प्रयास गरिरहेका छौं । जे बुझ्छौं, त्यो जनताका सामु आइनैहाल्छ । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।   
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी