×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यानको भवनका लागि कोषमा जम्मा हुँदैछ रकम, अध्यक्षको एक लाख सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्यानको भवनका लागि कोषमा जम्मा हुँदैछ रकम, अध्यक्षको एक लाख सहयोग

१० श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 
नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को भवन निर्माणका लागि स्थापना गरिएको कोषमा रकम जम्मा गर्ने काम पुन: सुरु भएको छ । उक्त कोष धेरै अगाडी स्थापना भएको भएपनि भवन खारिदका लागि आबश्यक रकमभन्दा निकै कम रकम मात्र उक्त कोषमा जम्मा भएको थियो ।
अध्यक्षले गरेका एक लाख सहयोग :
उक्त कोषमा रकम जम्मा गर्ने क्रममा एक्यानका हालका अध्यक्ष हरि सिलवालले एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एक्यानका नाममा उक्त रकम जम्मा गरिसकेका छन् । यस्तै उक्त कोषमा एक्यानका उपाध्यक्ष आनन्द शर्मा वाग्ले, महासचिव सन्तोष लम्साल र कोषाध्यक्ष दुर्गा प्रसाद ज्ञवालीले जनही ४० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै संघका कार्यकारी समितिका सदश्यहरुले पनि जनही १५ हजारका दरले सहयोग गरेका छन् । 
फ्ल्याट किन्ने वा भवन बनाउने भन्ने निर्णय गर्न बाँकी छ :
यसै बीच संघले स्थापना गेरको कोषमा जम्मा भएको रकमले भवन किन्ने, फ्ल्याट किन्ने वा के गर्ने भन्ने हाम्रो प्रश्नमा संघका कोषाध्यक्ष दुर्गा प्रसाद ज्ञवालीले उक्त निर्णय भइनसकेको र कोषमा जम्मा भएको रकमका आधारमा उक्त निर्णय हुने बताएका छन् । 
यहि अनुपातमा रकम जम्मा हुन गाह्रो :
एक्यानको भवन निर्माणका लागि स्थापना गरिएको कोषमा यस अघि पनि केहि रकम थियो । तर हरि सिलवालको एक लाख सहयोग वा अन्य सदस्यको केहि हजार सहयोगले एक्यानको भवन निर्माणका लागि रकम जम्मा हुन गाह्रो छ । तर सबै सदश्य जागरुक भएको खण्डमा भने राम्रो रकम जम्मा हुने तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।
शुभम् मिडिया प्रालिको पनि एक्यबद्धता :
बिगत केहि बर्षदेखि चार्टड एकाउन्टेन्सी सम्बन्धि पत्रकारिता अभियानमा लागेको सिए सरोकार र आर्थिक मुद्धाहरुमा केन्द्रित अनलाइन पत्रिका अर्थ सरोकार डटकम संचालक कम्पनी शुभम् मिडिया प्रालिले पनि एक्यानको यो कार्यमा एक्यबद्धता जनाउने भएको छ । ‘हामी सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता अभियानमा छौं । एक्यानले गरेको यो रकम संकलनको कार्यक्रममा हामी रु ५००० सहयोग गर्छौं । ‘ शुभम् मिडिया  प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने । 
   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: