Skip to content
LAXMI SUNRISE BANK

आदित्यका बाबु भन्सारका कर्मचारी, एमाले भएकै कारण एक करोड सहयोग !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेसँगै यो बिषयले सामाजिक संजालमा राम्रै स्थान पाएको छ ।

जनताले तिरेको करबाट आदित्य दाहाललाई दिइएको एक करोड किन र के कारणले दिइयो भन्ने प्रश्न हजारौं नागरिकले गरिरहेका छन् । यसै क्रममा आदित्य दाहालका बाबुको आर्थिक स्थिति राम्रै भएको र उनी भन्सारका कर्मचारी भएको खुलेको छ ।
एमाले निकट रहेका उनले पार्टीको पावर लगाएर सरकारको ढुकुटीबाट एक करोड रुपैयाँ प्रधानमन्त्रीमार्फत दिलाउन लगाएको आरोप धेरैले लगाएका छन् ।
यद्यपी यो निर्णय गराउन काँग्रेस र माओवादीको पनि सहमती भएको आरोप लगाउनेहरु पनि उत्तिकै छन् । सामाजिक संजालमा शेरबहादुर देउवा र नारायणकाजी श्रेष्ठको आदित्यसँगको फोटो यतिबेला भाईरल भएको छ ।   हेरौं सामाजिक संजालमा भाइरल भएका केहि तश्वीरहरु :

  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK