
काठमाडौं–गत वर्षको भूकम्पपछि मुलुकमा अपार्टमेन्ट किनबेच ठप्प हुँदा नयाँ निर्माण समते हुन सकेका छैनन् । निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधिन अपार्टमेन्ट बिक्री नभएपछि अपार्टमेन्ट कम्पनी दर्ता हुनैं छाडेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका अनुसार गत वर्षदेखि हालसम्म एउटा पनि अपार्टमेन्ट कम्पनीले स्वीकृत लिएका छैनन् ।
विभागका अनुसार अन्तिम पटक ०७१ मा रोड सो अपार्टमेन्टले स्वीकृति लिएको थियो । उपत्यकामा हालसम्म ७२ अपार्टमेन्टले स्वीकृति लिएका छन् । विभागका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीका अनुसार पछिल्लो ५ वर्षदेखि नै निरन्तर ओरालो लागेको अपार्टमेन्ट दर्ता गत वर्षबाट शून्य हुनुमा भूकम्पपछिको त्रास नै मुख्य कारण हो । उपत्यका बाहिर भने हालसम्म अपार्टमेन्ट सञ्चालमा आएका छैनन् । आजको कारोबार दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्