
काठमाडौं । राजधानीका कुख्यात गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले कारागारबाटै असुली धन्दा चर्काउन थालेका छन् ।
लागुऔषध, ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा कारागारमा रहेका चल्तीका गुन्डा नाइके बाहुनले जेल प्रशासनको मिलोमतोमा ठेकदारलाई थर्काउन थालेका हुन् । बाहुन मुद्दा पुर्पक्षका लागि सेन्टर जेलमा छन् । जिल्ला अदालत काठमाडौंको आदेशले जेल चलान भएका बाहुनलाई तत्काल जेल प्रशासनले गैरकानुनी तरिकाबाट गोल घरमै राखे पनि ठूलै रकमको चलखेलपश्चात् बाहिर निकालिएको थियो ।
गोलघरमुक्त भएका बाहुन कारागारका कैदीका नाइके, जेलर र प्रहरी मिलाएर दैनिकजसो फोनमा झुन्डिने गर्छन् । उक्त फोन आफन्तसँगको कुराकानीमा भन्दा पनि ठेकदार सर्कलमा पैसा असुल्न घुमाउने गरिएको छ । असुलेको पैसाले जेलका कैदीदेखि जेल प्रशासन र प्रहरीसम्मलाई मिलाउँदै आएका छन् । निर्माण व्यवसायी क्षेत्रका ठेकदारले समेत ठेक्का कब्जा गर्न जेलबाटै बाहुनको प्रयोग गर्दै आएको स्रोत बताउँछ ।
दोलखा घर भई भक्तपुरबाट ठेक्कापट्टा सुरु गरेका विदुर शर्माको समूहले बाहुनलाई जेलबाटै परिचालन गर्दै आएको छ । ठेक्का मिलेको खण्डमा भागबन्डा बाहुनलाई पनि पु¥याउने गरिएको छ । अर्का गुमनाम गुन्डा नाइके सुक्रेको समूहलाई समेत ठेकदार विदुरले परिचालन गर्न थालेका छन् ।
एमालेबाट पर्यटनमन्त्री बनेका दोलखाका आन्नद पोखरेलको समेत धाकधम्की दिँदै गौतमले अन्य निर्माण व्यवसायीलाई थर्काउने गरेको महासंघमा चर्चा चलेको छ । कुनै ठेकदारले काम लिएको खण्डमा सो ठेकदारको सूचना बाहुनलाई दिएर कथित ठेकदार विदुरले अन्य ठेकदारको ‘जिना हराम’ गराउने गरेको स्रोतको दाबी छ ।
बाहुनलाई कमिसन लिन लगाएर उक्त कमिसनबाट विदुरले समेत भागबन्डा लिने गरेको चर्चा अहिले महासंघमा चलेको छ । ललितपुरका मीनकृष्ण महर्जनलाई गोली प्रहार गरेपछि फरार रहेका डन बाहुन डेढ वर्षअगाडि भारतको लखनउबाट पक्राउ परेका थिए ।
तर, तत्कालीन काठमाडौं परिसर प्रमुख एसएसपी रमेश खरेलले कलंकीमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गर्दा साथबाट २७ ग्राम खैरो हिरोइन लागुऔषध बरामत भएको मुचुल्का बनाउँदै मुद्दा दायर गरेका थिए । सोही मुद्दाका कारण बाहुन हाल पुर्पक्षका लागि कारागारमा छन् । बाहुनमाथि लगाइको सो अभियोग पुष्टि भएमा १५ वर्षसम्म कैद हुन्छन् । प्रहरीले बाहुन डनलाई भारतको लखनउबाट पक्राउ गरे पनि औपचारिक रूपमा भने कलंकीबाट पक्राउ गरेको मुचुल्का तयार पारी मुद्दा दायर गरेको थियो ।
चार वर्षअघि रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रममा केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका बाहुन ओली नेतृत्वको सरकार रहँदै मुद्दा मिलाएर छुट्ने आशमा रहेको समाचार आज प्रकाशित जनप्रहार साप्ताहिकले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्