×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुन म्यानपावरले कति विदेश पठाए हेर्नुस् विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुन म्यानपावरले कति विदेश पठाए हेर्नुस् विवरण

Artha Sarokar

५ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गत आर्थिक वर्ष २०७२÷०७३ मा एसओएस म्यानपावर सर्भिस प्रालिले ९ हजार ७ सय ७२ जना नेपालीलाई वैदेशिक रोजगारीको लागी विदेश पठाएर यस वर्ष वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुको सूचिमा पहिलो भएको छ भने रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रालिले १ जना कामदार विदेश पठाएर सूचिको अन्तिम स्थानमा छ ।
एसओएस म्यानपावरले ९ हजार ७ सय ४० जना पुरुष र ३२ जना महिलालाई वैदेशिक रोजगारीमा पठाएको र रिजा ओभरसिज इम्प्लोइमेन्टले १ जना महिला विदेश पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ । 
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले प्रभावलाई दिएको जानकारीअनुसार द रिभर ओभरसिज प्रालिले ५ हजार ५ सय ९० जना कामदार विदेश पठाइ सूचिको दास्रो स्थानमा पर्न सफल भएको छ ।
त्यसैगरी प्याराडाइज इन्टरनेशनल प्रालिले ५ हजार ३ सय ५३ जना कामदार विदेश पठाइ तेस्रो स्थानमा परेको छ भने, स्काई ओभरसिज सर्भिस प्रालिले ४ हजार कामदार विदेश पठाइ सूचिको चौँथो स्थानमा रहेको छ ।  त्यसैगरी साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालिले ३ हजार ६ सय ३२ जना कामदार विदेश पठाई पाँचौ भएको छ । 
उसैगरी ३ हजार ४ सय २३ जना कामदार विदेश पठाई कोशी इन्टरनेशनल सर्भिसेज प्रालि यस वर्ष छैठौँ स्थानमा परेको छ भने ३ हजार २ सय ४४ जना कामदार पठाएको ओशो रिक्रुटिङ एजेन्सी विदेश पठाउने म्यानपावरहरु मध्ये सातौँ स्थानमा छ । भिजन एन्ड भ्यालु ओभरसिज प्रालिले ३ हजार १ सय २४ जना कामदार पठाई सूचिको आठौँ स्थानमा रहेको छ ।
उसैगरी ३ हजार ६४ जना कामदार पठाएका अक्सफोर्ड इन्टरनेशनल प्रालिसूचिको नवौं स्थानमा परेको छन् । उता कोमल इन्टरनेशनल सर्भिस प्रालिले २ हजार ९ सय ५५ कामदार विदेश पठाइ सूचिको दशौँ स्थानमा परेको छ ।  १ जना मात्र वैदेशिक रोजगारीमा पठाइएको रिजा ओभरसिज प्रालि सूचिको अन्तिम स्थानमा परेको छ भने ४ जना पुरुष कामदार विदेश पठाएको रिलाएन्स नेपाल इन्टरनेशनल ओभरसिज प्रालि, सिटीजन ओभरसिज सर्भिस प्रालि र अरुण ओभरसिज प्रालि सूचिको दोस्रो अन्तिम स्थानमा परेका छन् ।
गत आर्थिक वर्षमा ३ लाख ५३ हजार ८ सय ७५ जना पुरुष र १४ हजार ५ सय ३ जना महिला कामदार गरी कुल ३ लाख ६८ हजार ३ सय ७८ जना नेपालीहरु वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलले तथ्यांक उपलब्ध गराएको छ ।

  • प्रस्तुती : इ-प्रभाव 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी