×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक लफडाले मेरी बास्सै र भद्रगोल संकटमा, छिट्टै बन्द हुने संकेत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आर्थिक लफडाले मेरी बास्सै र भद्रगोल संकटमा, छिट्टै बन्द हुने संकेत !

Artha Sarokar

१५ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेका केही हाँस्यव्यंग्य श्रृंखलाको आफ्नै लोकप्रियता छ । त्यसैले हरेक हप्ता नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यव्यग्य श्रृंखला हेर्न पहुच भएका आम नेपाली दर्शकहरू प्रतिक्षामा टेलिभिजन सेट अघि झुम्मिन्छन् । तर, यस्ता श्रृंखलाका फ्यानहरूका लागि निराश बनाउने खबर छ ।
नेपाल टेलिभिजनका अध्यक्ष, महाप्रबन्ध र मिडिया हबका संचालकबीचको विवादले गर्दा अब नेपाल टेलिभिजनबाट प्रसारण हुादै आइरहेका हाँस्य टेलिश्रृंखलाहरू केही समयका लागि प्रसारण नहुने अवस्था सिर्जना भएको कलाकार स्रोतले बताएको छ । यसअघि भूकम्पका कारण हाँस्य ब्यंग्य श्रृंखला केही समयका लागि बन्द भएका थिए । बन्द भएको समयको क्षतिपूर्तिको दावी मिडिया हबले गरेका कारण हाँस्य टेलिश्रृंखलाहरू बन्द हुने हो कि भन्ने चिन्ताले यसका उत्पादक र कलाकारलाई सताउन थालेको छ ।
नेपाल टेलिभिजनमा बज्दै आइरहेका हाँस्य टेलिश्रृंखलाहरू उत्पादन गर्दै आइरहेको मिडिया हबले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने रकम नतिरेको दावी एनटीभीको ब्यवस्थापन पक्षको छ भने मिडिया हबले भने हिसाव मिलान गरेपछि मात्र तिर्न बाँकी रकम तिर्ने बताउने गरेको छ । यस विवादले गर्दा एनटीभीको कमाईको राम्रो स्रोत सुक्ने हो कि भन्ने चिन्ता पनि उत्पन्न हुन थालको छ । मिडिया हवले मेरी बास्सै, भद्रगोल, जिरे खुर्सानी, तीतो सत्यलगायत श्रृंखला लामो समयदेखि उत्पादन गर्दै आइरहेको थियो । यीमध्ये दुईवटा श्रृंखला जिरे खुर्सानी र तीतो सत्य यसअघि नै बन्द भइसकेका छन् । हाल सञ्चालनमा रहेका पनि अब बन्द हुने भएका छन् ।
नेपाल टेलिभिजनको २०७३ साउन १ गते बसेको सञ्चालक समितिको बैठकले मिडिया हबले तिर्न बााकी रहेको रकम नतिरेपछि कालोसूचीमा राख्ने निर्णय गरेको थियो । नेपाल टेलिभिजनले रु. ८ करोड ८ लाख, ६८ हजार ९८५। तिर्न बाँकी रहेको कुरा २०७२ चैत १५ गते मिडिया हवलाई सचेत गराउदै पत्र लेखेको थियो । स्रोतका अनुसार, नेपाल टेलिभिजनले लामो समयदेखि मिडिया हबलाई बक्यौता रकम तिर्न ताकेता गर्दै आइरहेको छ । तर, मिडिया हबले भने हाल टेलिभिजनलाई २ करोड भन्दा केही बढी रकम तिर्न बाँकी रहेको बताएको छ । 
पटक पटकको चेतावनीपछि पनि मिडिया हबले टेरपुच्छर नलगाएपछि टेलिभिजनले कालोसूचीमा राख्ने तयारी गरेको स्रोतले बताएको छ । योसंगै मिडिया हबले उत्पादन गरेर टेलिभिजनबाट बज्दै आइरहेका कार्यक्रमहरू संकटमा पर्ने त्रास उत्पन्न भएको छ । स्रोतका अनुसार, टेलिभिजनलाई रकम नदिएको विवादमा परेको मिडिया हबले कलाकारहरूलाई समेत ठूलो रकम दिन बाँकी दावी कलाकारहरूले गरेका छन् । साँघु साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी