×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजतन्त्रलाई दागा धर्ने कूलकुटुम्ब, सन्यासीहरु सबैको जय होस् ।

PRIME CA

राजतन्त्रलाई दागा धर्ने कूलकुटुम्ब, सन्यासीहरु सबैको जय होस् ।

२४ असार २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < ६ मिनेट

  •  भूपेन्द्र आचार्य

राजा र धर्मको बली चढाएर देश र जनताले के पाए ? परिवर्तन ग¥यौं भन्ने नेताहरु जनतालाई जवाफ दिन सक्दैनन् । त्यसकारण २०६५ साल जेठ १५ गते राजा र धर्मको बली चढाएर ०७३ साल अर्थात ९ वर्षमा नानाथरिका घात, प्रतिघात, आघात बाहेक देश र जनताले के पाए ? राजनीतिक परिवर्तनले देश बलियो हुनुपर्छ, जनताको मुहार हासीखुशी हुनुपर्छ । देश बर्बादीको खण्डहर बनेको छ, जनताको मन बिध्वंस, बिभाजन र बिरक्तताले भग्नावशेस भएको छ । देशलाई छकाउने र जनतालाई रुवाउने नेताहरु सत्ता, सम्पत्ति र शक्तियुक्त बनेका छन् । निरंकूशता बोकेका नयाँ  सामन्तहरुको जय होस् ।
कौरवसेनाले महाभारतको कथामा अभिमन्युलाई घेरा हालेर दाह्रा धसी धसी मारिएको वर्णन छ । अबोध बालकलाई मार्नु अधर्म थियो तर त्यो जायज ठहरियो । २४० वर्ष पुरानो राजतन्त्रलाई त्यसैगरी भारतले सात दल मिलाएर चक्रव्यूहमा पा¥यो र घेरा हालेर सबैले एक एक गरेर प्रतिषोध लिदै समाप्त पारे । त्यसरी प्रतिषोध लिनेहरुको जय होस् । भक्तपुरका कर्ण हैजुलाई जसरी छाताको डा“ठले घोची घोची मारियो, नेपालको राजतन्त्रलाई पनि त्यसैगरी मारियो । राष्ट्रनिर्माताको बंशनास गरियो । हुन त सबै नासवान छ, यी जालीझेलीहरु पनि एकदिन सोला चढ्छन्, नास हुन्छन् । तथापि नया“ नेपाल बनाउ“छु भनेर झुक्याउनेहरुको जय होस् ।
राजतन्त्र फालेपछि स्वर्गै पाइन्छ भनेर स्वर्गीय सपना देखाउनेहरुको मुखुण्डो उघ्रिसक्यो, पर्दा उध्रिएर सत्य के रहेछ देखिइसक्यो । ९ वर्षमा जे देखियो, त्यसबाट के पुष्टि हुन्छ भने विदेशीको स्वार्थ पूरा भयो, स्वदेशी नेताहरुले सम्पत्ति सोहोरे । न जनयुद्धको द्वन्द्व समाप्त भयो, बरु थप धर्म र जातीयताको आगो पो सल्कियो । देश बर्बाद र बेहाल पारियो ।
होलाकीले बुलाकी लायो, बुलाकीले नाकै खायो ।
सबैभन्दा बढी राजनीतिक लाभ प्रचण्डलाई भएको हुनुपर्छ । १७ हजार नेपालीको हत्यामा संलग्न भएर पनि प्रधानमन्त्री बने, निरन्तर राजनीतिक माष्टर कि बनेर बसिरहेका छन् । कुनै प्रचण्डका कमाण्डरले सजाय भोग्नुपरेको छैन । जनयुद्धमा मारिएका परिवार, बेपत्ता पारिका परिवानजन आज पनि रगतको आ“सु रोइरहेका छन् । विप्लवीहरु बहादुर बने, त्यसको महगो मूल्य जनताले चुकाउनु प¥यो । यस्ता अपराधिक आहालमा भैंसी बनेकाहरुले विधिको शासन, लोकतान्त्रिक पद्धति बसाल्ने रे । देखियो, हुटिट्याउ“ले आकाश थामेको देखियो । लोकतन्त्रमा लोकको गाईजात्रा विश्वले हेरिरहेको छ ।  ०६३ सालदेखि ०७३ सालसम्म११ वर्षको कालखण्डमा फनफनी घुमिरहेको कालाम्मे नेतृत्व सबैको जय होस् ।
डा.बाबुराम भट्टराईको जय होस् । महेन्द्रकालका विद्यार्थी डा. बाबुराम भट्टराईले पाउनु पर्ने छात्रबृत्तिमा दरवारियालाई पढ्न पठाएपछि उनीमाथि जुन जघन्य अन्याय भएको थियो, त्यो अन्यायको मूल्य राजतन्त्र थियो, भट्टराईले भारतको सहयोगमा असूल गरेका छन् । नाफामा रहेका र नया“शक्ति पार्टी गठन गरेर अवको निकास आर्थिक विकास भनेर फेरि जनताको आ“खामा छारो हाल्न सफल डा. बाबुराम भट्टराईको जय होस् । माओवादी बनेर जनतामारा र प्रजातन्त्रवादीको खोल ओढेर लोकतान्त्रिक वामपन्थी धार बोक्नसक्नु पनि खुबी नै हो । त्यस्ता े अराष्ट्रिय र लोकमारा नेतृत्व पनि लोकतन्त्रमा अटाउने रहेछ, बाबुरामको नया“ शक्तिको जय होस् ।
कसैलाई मल्लकाल फिर्ता भयो होला, कसैलाई शाहबंशप्रतिको प्रतिशोध साध्न सजिलो भयो होला । पशुपतिनाथको जय होस् भन्ने राजतन्त्रलाई पशुपतिनाथले पनि दया गरेनन् । तन्त्रमन्त्र गरेर पहिले युवराज र पछि राजालाई एकोहो¥याएरै भए पनि पहिरोमा घचेट्नसक्नेदरवारिया सहयोगीहरुको जय होस्, दरवारबाहिरका राजतन्त्रप्रति साखुल्ले पल्टने दुईजिब्रेहरुको जय होस् ।
राजधानीका नेवार समुदायले र खासगरी मानन्धर समूहले इन्द्रजात्राको दिन पारेर काठमाडौं कव्जा गर्ने पृथ्वीनारायण शाहस“ग बदला लिनु थियो । बदला लिए । नाककान काट्ने, बिस्तारवादी पृथ्वीनारायण शाह हुन् भन्नेरु हिसिला यमि र राजधानीका नेवार गुठी  लगायतका सबैको जय होस् । पद्मरत्न तुलाधरदेखि रुपज्योतिसम्मले दागा धरेका थिए, हिन्दूधर्म मास्न खोज्ने र गाई खान पाउनुपर्छ भन्ने ईसाई पक्षधर सबैको जय होस् । विदेशी डलर डकार्नेदेखि जाति जातिवीच दुर्भावना फैलाउन हकार्ने फौबञ्जारहरुको जय होस् ।
सूर्यबहादुर थापालाई इटुम्बहालको बदला चुकाउनु थियो । उनले शान्तिले मर्न पाए । कोखामा दा“त भएका मुगाली थापाको जय होस् । पशुपतिशमशेर जवराले लगाएको गुण तिर्न लोकेन्द्रबहादुर चन्दले जिन्दगीभर खाएको दरवारको नूनको नमक हरामी गरे, चन्दको जय होस् । राजाले कीर्तिनिधि विष्ट र सूर्यबहादुर थापालाई च्यापेकाले ०३४ सालमा देश र धर्म छाडेर विदेशीनु परेका डा. तुल्सी गिरीले राजतन्त्रस“ग दागा धरेका थिए । त्यसको हिसावकिताव गर्न गिरीलाई समेत सफलता मिल्यो । गिरीपुरी र त्यस्ता राजतन्त्रलाई दागा धर्ने कूलकुटुम्ब, सन्यासीहरु सबैको जय होस् ।
राजपरिषदको सभापति नपाएपछि माओवादी बनेका दमननाथ ढुंगाना, विश्वनाथ उपाध्याय, मानवाधिकावादीको बिल्ला लगाएर विदेशनिर्देशित राजनीति गर्दै राजतन्त्रको अन्त्य गर्न लागिपरेका सबैलाई मनशान्ति भयो । राजतन्त्र विरोधीजति सबैको विजय भयो । ती बिजयी सबैको जय होस् ।
राजाका नातेदारहरु जसले राजतन्त्रको आडमा व्यापार गरे, कमिशन खाए, राष्ट्रलाई नोक्सान पु¥याए र राजतन्त्रलाई खोक्रो पारे । राजाको नाममा गलगित्त खाएर संविधानसभाको गिलोटिनमा गिड्नसक्नेहरुले न पञ्चायतको जिम्मेवारी लिए, न राजतन्त्रको । त्यस्ता अवसरवादीहरुको जय होस् । माओवादीको जनयुध्दमा सघाउने, तिनलाई सूचना र चन्दा दिएर बलियो पार्ने, बैचारिक प्रतिकार गर्न नसक्ने, लुकेर हिड्ने, पार्टीको गु“डमा टाउको घुसारेर सुरक्षित भएको स्वाङ पार्नेयस्ता नक्कली मयुरपंखी राजतन्त्रवादी लोभीपापीहरु, राजतन्त्रको अन्त्यको घोषणा हु“दा, गणतन्त्र कार्यान्वयन हु“दा‘ठिकै भयो’ भनेर स्वभाविक रुपमा लिनेहरु राजतन्त्रको मृत्युको कारक हुन् । इखालुको इखमा यी विषालु कारकहरुले सघाए, यी धोखेवाजहरुको जय होस् ।
१२ बूंदेको बहानामा भारत ब्वा“सो बनेर नेपालको राष्ट्रियताको आन्द्राभु“डी निकाल्न राजनीतिभित्र पस्दै गयो, भारत हस्तक्षेपी र बिस्तारवादी बन्दै गयो । भारत दाह्रा धस्दै गयो । नेपालमा गणतन्त्र घोषणा भयो, दिल्लीमा बिजयोत्सव मनाइयो । धर्मनिरपेक्ष घोषणा हु“दा पोप खुशीले गदगद भए । भारतको निर्देशनमा कठपुतलीसरह सञ्चालित हुने हाम्रा राजनीतिक दलहरुको जय होस् । दिल्लीदौड लगाउने र भारतको खुट्टामा लम्पसार पर्ने स्वाधीनताको मुखण्डोधारी बनेका हाम्रा नेताहरुको जय होस् ।
‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ भनेर नथाक्ने र राजाको वरिपरि माहुरी भुनभुनाएझैं भुनभुनाउनेहरुले मौसमअनुसारका ट्यूनिक फेर्न लाज मानेनन् । पानीजहाज प्वाल प¥यो भने सबैभन्दा पहिले मुसो भाग्छ, मान्छे मरेपछि उपिया“ले पनि छाड्छ भनिन्छ । त्यही कहावत राजतन्त्रको पक्षमा पनि लागू भयो । जब राजतन्त्रको गजूर ढल्यो, नक्कली मयुरहरु अनेक दलको खोल ओढेर  बनेर नाचे । नागरिक भएर बसेको राजतन्त्रस“ग बदला लिनेहरुको लामो लर्को फर्केलाका कि भनेर अहिले पनि सक्रिय नै छ । निरंकूशता समाप्त पार्ने जनादेश लिएर संविधानसभाले विधि नपु¥याई गणतन्त्र कार्यान्वयन ग¥यो, राजतन्त्रका पक्षधर कोही पनि रोएन, कसैले जूठो बारेनन्, सबै जता सूर्य उदायो उतै नमस्कार गर्नतिर लागे । नेपालमुखी बन्न नसकेका यी सूर्यमुखीहरुको जय होस् ।
देशभरि राजतन्त्र जिन्दावाद भनेर नाराबाजी हुनुपथ्र्यो, भएन । जनमत संग्रहको माग हुनुपथ्र्यो हुन सकेन । राजतन्त्र यसरी ढालियो कि मानौं जरा कुहिएपछि गर्लम्म रुख ढले झैं ढालियो राजतन्त्र । राजतन्त्र समाप्त पारिएकोमा कतै शोक मनाइएन । बिजयोत्सव मनाउनेहरुको चुरीफुरी, फुरफुर अहिले सडकदेखि संसदसम्म चलिरहेकै छ । राजतन्त्रको किरिया बस्ने सम्म पनि कोही भएनन् । नेपाल निर्माण गर्ने राजतन्त्र सनाखत हुन नसकेको बेवारिसे लासजस्तो भयो । जनताको मनमा, आस्थामा राजतन्त्र ज्यू“दै छ, पूर्वराजा जता गयो उतै जयजयकार हुनु भनेको ज्यू“दो हुनुको प्रमाण हो । राजतन्त्र उठाउने र उभ्याउने प्रयास भयो भने जनस्तरबाट उठ्छ । यही आशंकामा निदाउननसकेका र आफ्नो दायित्व निर्वाह गर्न पनि चुकेका लोकशाही अर्थात बादशाह बनेकाहरुको जय होस् ।
राजाले अझै ‘ऐया’सम्म भनेका छैनन् । राजाका हालैका अभिव्यक्तिहरुले जनताको पीडाबोध, दलीय अन्यायको अनुभूति र कूशासन उनको मनमा बिझेको का“डा बनेको छ । जे होस्, भारत र २५ दलको चेपोमा तोरी पेलिएझैं पेलिंए पनि राजा ज्ञानेन्द्रले आफूलाई अलोकतान्त्रिक भन्ने दाग लाग्न दिएनन् र जिम्मेवारी निर्वाह गर्ने मानसिकतामा देखिन्छन् ।  उनको धीरता र सहनशीलता अव्दितीय छ । जनताको निर्णय सहर्ष स्वीकार गरेर जन्मेको माटोमै उभिन सक्ने उनको खुबीलाई मान्नैपर्छ । राजनीतिक परिवर्तनलाई सहज बनाउने र शान्त भएर परित्याग गर्ने राजा ज्ञानेन्द्रको त्यो खुबीको जय होस् । पूर्वराजाको सहयोग लिएर देशमा दिगो शान्ति, एकता र कानुनव्यवस्था ठिक पार्नुपर्छ भन्ने अर्जुनदृष्टि राख्न नसकेका कथित लोकतन्त्रवादीहरुको जय होस् ।
फ्रान्समा राजा काटिएर नेपोलियन आए । उनी पनि महत्वकांक्षाका शिकार बनेर गए । गएपछि हु“कार्लोस आएनन् । रुसमा जारशाही फर्केन । न चीनमा कोमिताङ्ग नै आउन सक्यो । जो गए,जनता जागेपछि जान्छन् । शासनमा आएपछि जनइच्छाको कदर नगर्नेहरुविरुद्ध जनता नै उठ्छन् र फाल्छन् फेर्छन पनि । बेलायतमा राजा काटियो, तिनका सन्तानलाई खोजेर स्थापित गरेको इतिहास छ । थाइलेण्डमा राजा पुनस्र्थापित भएर विकास र स्थिरता कायम भएको घटना हाम्रै सामु छ । नेपालमा राजतन्त्र फेरि आउ“दैन कसरी भन्ने ? लोकनेताले कर्तव्य पूरा गरेनन्, लोकआकांक्षालाई कुल्चेकाले नेपाली जनता राजा आउ, देश बचाउ भन्न थालेका छन् । इतिहास दोहोरिदैन कसरी भन्ने ? इमान धरम पूरा नगर्नेहरुको जय होस्, राजा आउ भन्ने जनताको पनि जय होस् ।
 जनवादी, समाजवादी भन्नेहरु भष्मासुर बने । यसकारण इतिहास र इतिहासकारको जय होस् ।
अन्तमा, देश र जनताप्रति स्वार्थ लाद्ने विवेकहीन प्रवृत्तिको नास होस् । किनकि न सत्ययुगमा अन्याय पुरस्कृत भयो, न वर्तमान युगमा अन्यायको पूजा हुनेछ । हो, केही समय नेपाल र नेपालीमाथि शनि लाग्यो, सा“ढेसातको दशा भोग्नुप¥यो ।
अव जनता चेतनशील भइसके । अव जनताले राजासहितको विविधतामा एकता रहेको नेपाल खोज्न थालिसके । रात सकियो, उज्यालो हुन लागेको संकेत हो यो । अव भाले नबासे पनि उज्यालोहुन्छ, उज्यालो नेपाल र नेपालीको जय होस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: