Skip to content
LAXMI SUNRISE BANK

गच्छदारलाई सरकारमा लिन प्रचण्डको ‘एस’, देउवाको ‘नो’!

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – बिजय कुमार गच्छदारलाई  मन्त्रीको रुपमा लिने कि नलिने भन्ने कुरामा प्रचण्ड र देउवाकै मत बाझिएको छ । भावी सरकारमा मन्त्री बन्न लाजिम्पाटदेखि बुढानीलकण्ठसम्म दौडधुप गरिरहेका उनलाई सरकारमा लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा भने असहमत देखिएका हुन्  ।
गच्छदारलाई उपप्रधानमन्त्री सहित सरकारमा लिन भावी प्रधानमन्त्री प्रचण्डले अनौपचारिक सहमति पनि गरिसकेको बताइएको छ भने मधेसी मोर्चाका नेताहरुले धोका दिएपछि पनि बहुमतसहितको सरकार सञ्चालन गर्न गच्छदारलाई लिनु पर्ने निस्कर्षमा प्रचण्ड पुगेका छन् । 
यता सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गच्छदारलाई ल्याउन नहुने पक्षमा रहेको बुझिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK