×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी बेपत्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी बेपत्ता

Artha Sarokar

३ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कबिहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस गरेपनि काम नगर्दा लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ । 
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र बिस्तृत परियोजना प्रतिवेदन पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने बेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन । कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए ।’ 
डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्’ उने भने, ‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णयखारेजीका लागि बोर्ड बैठकमा प्रस्ताव गरिने भएको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी