×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विनोद चौधरीले आफ्ना मजदुरहरुलाई शोषण गर्ने गरेको खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विनोद चौधरीले आफ्ना मजदुरहरुलाई शोषण गर्ने गरेको खुलासा !

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पैसाले धनी भएर के गर्नु ? आफुलाई धनी बनाउन सहयोग गर्नेहरुलाई नै शोषण गरेपछि ! यस्तै भएको छ विनोद चौधरीको हकमा पनि । बिनोद चौधरी नेतृत्वको नेपालका ठुला कम्पनीहरु मध्येका एक चौधरी ग्रुप (सीजी) ले आफ्ना कामदारलाई चरम शोषण गरेको खुलासा भएको छ ।
पाँच महिनासम्म तलव आएन : उक्त कम्पनीका कामदारहरुले ५ महिनासम्म पनि तलव नआउने गरेको बताएका छन् । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै उनीहरुले ५ महिनासम्म आफ्नो तलव नआएको भन्दै आक्रोस पोखेका छन् ।   ‘हामी सयजना मजदुरहरु चार महिनादेखि आन्दोलित भएका छौं । हामीमाथि चरम श्रम शोषण हुने गरेको छ ।’ एक कर्मचारीले दुखेसो सुनाए ।
५ महिनादेखि आन्दोलन, तर सुनुवाई भएन :
सिजिका कर्मचारीहरुले करिव ५ महिनादेखि आन्दोलन गरेको भएपनि उक्त मागको सुनुवाई हुन सकेको छैन । राजधानीको अनामनगरस्थि संवाद डबलीमा ‘मजदुरका १३ सूत्रीय माग विषयक’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै त्यहाँ कार्यरत मजदुरहरुले यस्तो जानकारी दिएका हुन् । अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना तथा प्रकाशन मजदुर संघ, सीजी कम्युनिकेसन ईकाई कमिटीले आयोजना गरेको सो कार्यक्रममा मजदुरहरुले आन्दोलन गरेको लामो समय भइसक्दा पनि आफ्नो मागको सुनुवाई नभएपछि बाध्य भएर कम्पनीका आन्तरिक कुराहरु बाहिर ल्याउनु परेको बताएका छन् । 
तलव रोकिन्छ, निहुँ खोजे निकालिन्छ  :
कम्पनीको व्यवस्थापन पक्षले ७३ जना स्थायी मजदुरलाई तलब रोक्ने र केहीलाई बर्खास्त गरेर अन्यायमा पारेको पीडितहरुले बताएका छन् । ‘तलव रोकिन्छ । यसबारे कुरा उठाउँदा हाम्रा साथीहरुलाई निकालियो । यसका विरुद्धमा हामी डटेर लाग्छौं।  हाम्रा साथीहरुलाइ अन्याय भएको छ।  हामी अन्यायका विरुद्ध अन्तिम समयसम्म लड्छौं। ‘ अर्का एक कर्मचारेले अर्थ सरोकार डटकमसँग भने । 
   
कमपनी बेचबिखनको नाटक :
तलव रोकिएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाई कम्पनी नै बेचबिखनको लागि अन्तिम तयारीमा रहेको भन्दै नाटक गरिएको आरोप कर्मचारीहरुको छ । ‘कम्पनी बेच्न लागेको नाटक गरेर सबै मजदुरलाई निष्कासन गर्ने  षडयन्त्र भइरहेको छ । ‘ अर्थ सरोकार डटकमसँग कर्मचारीहरुले गुनासो पोखे ।
आन्दोलनमा कसकसको साथ ?
मजदुरहरुले गरेको आन्दोलनमा धेरैको साथ मिलिसकेको आन्दोलनकारीहरुको दावी छ ।  यसै बीच कार्यक्रममा उपस्थित भएका माओवादी केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इन्चार्ज पदम राईले सीजी ग्रुपले मजदुरमाथि गरेको अन्यायविरुद्ध सशक्त ढंगबाट आन्दोलन अगाडि बढाउनुपर्ने बताएका छन् । उनले भने, ‘ ‘दलाल मालिकहरुले दिएका अन्यायको हिसाबकिताब गर्न मजदुर अघि सर्नुपर्छ, हामी साथ छौं ।’ 
यता अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ कोशी ब्यूरो इन्चार्ज बिजय प्यासीले राज्यकै दायित्वमा कूल पूँजीको ८० प्रतिशत रकम विश्व बैंकको लगानीमा संचालित एसटीएम फोन सेवाबारे सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन्  । उनले भने, ‘अहिले यहाँका हामी मजदुरहरुले आफ्नो श्रमको मूल्य मात्र मागिरहेका छौं । यसलाई बेवास्ता गरिन्छ भने सबै हिसाबकिताब खोज्न बाध्य हुन्छौं’ 
प्रतिक्रया दिनै मान्दैन ब्यबस्थापन समूह :
यस बिषयमा सिजीको ब्यबस्थापन समूह भने प्रतिक्रिया दिन चाहेन । अर्थ सरोकार सम्बाददाताले पटक पटक सम्पर्क गर्न खोज्दा पनि ब्यबस्थापन समुहका प्रतिनिधि सम्पर्कमा आउन चाहेका छैनन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी