×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले विभाजनतीर ! माधव नेपालद्धारा एमाले पार्टी फुटाउने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एमाले विभाजनतीर ! माधव नेपालद्धारा एमाले पार्टी फुटाउने तयारी !

Artha Sarokar

१२ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले गत आइतबार पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरी एमाले फुटाइदिने धम्की दिएको समाचार प्राप्त भएको छ । युवाहरुलाई उद्यमी व्यवसायी बन्न सहयोग पुर्याउने उद्देश्यले सरकारद्वारा गठित युवा परिषद्को करिब साठी जिल्लामा प्रधानमन्त्री खड्ग ओलीका समर्थकको चयन भएपछि माधव नेपाल क्रूद्ध भएका छन् । 
आफ्नो गृहजिल्ला रौतहटको जिल्ला परिषद् प्रमुखमा आफ्नो सबैभन्दा विरोधी भनेर चिनिएको व्यक्तिलाई नियुक्त गरिएपछि नेता नेपालले क्रोध थाम्न सकेनन् र महासचिव पोखरेललाई टेलिफोन गरे । रौतहटको युवा परिषद् प्रमुख बनाउँदा आफूसँग छलफल नगरेको र सामान्य सोधनीसम्म नराखेको भन्दै नेता नेपालले महासचिव पोखरेलसँग आफ्नो असन्तोष जाहेर गरेका थिए । 
क्रोधित नेपालले पोखरेललाई ‘के मलाई पार्टी विभाजन गर्न बाध्य तुल्याउन खोजेको हो’ भनी प्रश्न गर्दा पोखरेलले ‘आजै, तुरुन्त पार्टी फुटाउनुभए हुन्छ, सक्नुहुन्छ’ भनी जवाफ फर्काएको बुझिएको छ । माधव नेपाल आफ्नो आकारभन्दा बढी चर्किएर प्रस्तुत भएपछि पोखरेलले त्यसरी जवाफ फर्काउनुपरेको बताइन्छ । घटना र विचार साप्ताहिकमा न्युज छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी