×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी पुरस्कृत हुँदैछन् दीपकुमार…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसरी पुरस्कृत हुँदैछन् दीपकुमार…

Artha Sarokar

१४ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – केपी आली नेतृत्वको सरकारले बिना कुनै अभियोग केवल काँग्रेस भएकै कारणले फिर्ता बोलाएका दीपकुमार उपाध्यायलाई पुनः राजदूत बनाएर पठाउने तयारी भइरहेको बुझिएको छ । भारतका लागि नेपाली राजदूत रहेका उपाध्यायलाई नै राजदूतमा पुनः पठाउने विषयमा काँग्रेसभित्र एकसरो छलफल भइसकेको बुझिएको छ ।
माओवादी र काँग्रेसको गठबन्धन बनाउन उनै उपाध्यायको घरमा पटक पटक वार्ता भएको खबर सार्वजनिक भएको थियो । उपाध्यायलाई राजदूतका रुपमा सुशील कोइराला नेतृत्वको सरकारले पठाएको थियो । काँग्रेस नै सरकारमा रहँदासम्म उनले राम्रै काम गरेको र समन्वय समेत गरेका थिए ।
भूकम्प गएको बेलामा भारतका विभिन्न राज्यमा समेत पुगेर राहत संकलन गर्नेदेखि आवश्यक काम गरेका थिए । उनको कार्यशैलीका विषयमा कुनै आवाज उठेको थिएन । उपाध्यायले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म काम गरेकै थिए । राजनीतिज्ञ भएपनि कुटनीतिमा उनको भूमिकालाई सामान्य रुपमा नै लिएर काम गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको असन्तुस्टि छदै थियो , त्यसमाथि पछिल्लो पटक उनकै निवासमा सरकार परिवर्तनको विषयमा छलफल समेत हुन थालेपछि काँग्रेसले उनै उपाध्यायलाई भारतको राजदूत बनाएर पठाउने आश्वासन दिएको स्रोतको दावी छ ।
सरकार गठन भएको केही समयपछि उनलाई राजदूतमा फिर्ता पठाउने तयारी गरिएको स्रोतको दावी छ । स्रोतले दावी गरेअनुसार योजना सफल भए उपाध्यायलाई राजदूत पद पुरस्कारको रुपमा प्राप्त हुने देखिन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी