×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घर निर्माणमा खटिएका इन्जिनियर कामविहीन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घर निर्माणमा खटिएका इन्जिनियर कामविहीन

Artha Sarokar

३ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–सरकारले भूकम्प प्रभावितहरुको घर निर्माणमा सघाउन भन्दै ४ महिनाअघि पठाएका इन्जिनियर कामबिहीन भएका छन् । भूकम्प प्रभावितका घर बनाउने सम्झौतासमेत नसकिएपछि इन्जिनियरहरु कामविहीन भएका हुन् । काम नपाएपछि इन्जिनियरहरु कहिले गाउँ घुम्ने कहिले सदरमुकाम सहितका बजार डुल्ने र आलोपालो घर जाने गरेका छन् । भूकम्प प्रभावितका घर बनाउन भन्दै बैशाख दोस्रो सात नै सरकारले गाउँ गाउँ इन्जिनियर पठाएको थियो ।
सरकारले दोलखामा मात्र ८५ जना इन्जिनियर र ८६ जना सवइन्जिनियर तथा प्राविधिक सहयोगी खटाएको थियो । हरेक गाविस र नगरपालिकाका वडामा एक इन्जिनियर एक सव इन्जिनियर र एक सहयोगीको व्यवस्था गरिएको छ । इन्जिनियर परिचालनको काम सहरी विकास तथा भवन डिभिजन कार्यालयले गरे पनि सम्बन्धित गाविस तथा नगरपालिकाको काम गर्ने उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी