
- धिरज प्याकुरेल / अर्थ सरोकार डटकम
राप्रपाले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको समाचार सार्वजनिक भएको केहि समयमै सरकारमा रहेको दल फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै फोरम लोकतान्त्रिकका उपाध्यक्ष एबं स्वास्थ्य मन्त्री रामजनम चौधरीले पार्टीले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको बताए । पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उनको भनाइ छ ।
यस्तै उनले आफ्नो पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मतादान गर्ने समेत जानकारी दिए ।