
काठमाडौं–भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ ।
सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए ।
नेपाली सेनाका लागि दिएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जवरालाई हस्तान्तरण गरेका थिए । उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुर्इ पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्च समेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हेलिकप्टर लिएर आएका र पछि दुई पटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्