
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा गोविन्द केसीले अीपताल परिसरमै आमरण अनशन बसे । माग उनको थियो चिकित्सा क्षेत्रको सुधार । उनको माग सहमतिमा टुङ्गिएको छ । कति पूरा होलान् वा नहोलान् त्यो आगामी दिनमा देखिदै जानेछ । तर केसीको नाममा गत शनिबार राजधानीमा केही मान्छेले जुलुश निकाले ।
त्यो जुलुशमा आफूलाई ठूला मान्छे बताउनेहरुको ताती नै थियो । पूर्व मुख्य सचिव लिलामणि पौड्यालदेखि समाजमा ठूला मान्छेहरुको उपस्थिती थियो । नयाँ शक्ति नेपालका नेत्री हिसिला यमी पनि केसी बचाउको जुलुशमा थिइन् । केसीको पक्षमा जुलुश निकाल्नु जायज नै भएपनि हिसिलाको व्यवहार भने रमाइलो रहेको सहभागीले जानकारी दिएका छन् । अमेरिकन मिडियाले दक्षिण एसियाको भ्रष्ट महिलाको सूचीमा राखेर हिसिलालाई प्रचार गरेको थियौ । काठमाडौँ महानगरपालिका पूर्व मेयर केशव स्थापितले हिसिलाले गड्यौला मागेको पनि सार्वजनिक नै गरेका थिए ।
उनै हिसिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जस्तो देखिने गरी निकालिएको जुलुशमा सहभागी मात्रै भइनन् उनले यसपालीको हैजा कुन्नी कसलाई हो लैजा भन्दै आफै नारा समेत लगाएको एक सहभागीले जानकारी दिए । जुलुशमा सहभागी नै भन्दै थिए दक्षिण एसियाकी भ्रष्ट महिला पनि हाम्रो जुलुशमा त्यो पनि अख्तियारको विरुद्धमा लौ अब चाही मुलुकमा सुशासन कायम हुने भयो भन्दै रमाइलो मानेका थिए ।
हिसिलाले जुलुशमा लाएको नारा र उनको गतिविधि जुलुशमा सहभागी एक जनाले मोबाइलमा कैद गरेका थिए । त्यो दृश्य यतिखेर अख्तियारमा समेत पुगेको बताइन्छ । अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई नै तोकेर लगाइएको नारा र त्यसको नेतृत्कर्ता हिसिलाको विषयमा छानबिन गर्ने तयारी भइरहेको बताइन्छ । तर हिसिलाले भने आफू गोविन्द केसीको समर्थनमा गएको र त्यस्तो नारा समेत नलगाएको दावी गरेकी छिन् । तर उनको दावी पूर्णत गलत रहेको जनआह्वानलाई प्राप्त भिडियोमा देखिएको छ ।
माओवादी र जनयुद्धलाई पूर्ण रुपमा लत्याएपनि आफ्नो एकमात्र सन्तान मानुषी यमीको विवाहमा अख्तियार प्रुमख लोकमान सिंह कार्कीलाई समेत बोलाएका डा भट्टराई र उनको धर्मपत्नी समेत रहेकी हिसिलाले सार्वजनिक जुलुशमा नै त्यस्तो नारा लगाएको त हुनु नपर्ने भन्दै खोजी गर्दै जाँदा भिडियो नै पाएपछि पत्यार गर्न करै लाग्यो । जनयुद्ध दिवसको दिन आथित्यता पनि गराउने र फेरि विरोध पनि उनैलाई गर्ने विषय मिल्दो नभएको भन्दै सबैतिरबाट बुझ्दा हिसिलाले लोकमान र अख्तियार विरुद्ध नाराबाजी नै गरेको पुष्टि भएको छ । भ्रष्ट महिलाको रुपमा चित्रित व्यक्ति नै जुलुशमा भन्दै जुलुशमा सहभागीले नै उनको खिसी टिउरी गरेको दृश्य पनि हेर्न लायक नै रहेको बताइन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्