
- आयुष्मा सिग्देल
भोला रिजाल, जोसंग मेरो कुनै आग्रह, पूर्वाग्रह छैन । कुनै बेला उनको नाम सुनेर पनि गर्व लाग्थ्यो । तर बिस्तारै थाहा हुँदैछ उनी फगत झोले डाक्टर रहेछन् । फगत पैसाका लागि काम गर्ने डाक्टर !
आज डाक्टर गोविन्द केसी अनसनमा बसेका छन् । मेडिकल क्षेत्रमा सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग माग गर्दै टिचिङ अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको तथ्य थाहा हुँदा समेत यो देशको सरकार त चुप छ नै, झोले भोला रिजालहरु उनको यो महान कार्यलाइ तुहाउन लागि परेका छन् ।
अनसनको एघार दिनसम्म पनि सरकारले उनको मागको सम्बन्धमा चासो नराखेका कारण केसीको स्वास्थ्यस्थिति झनै गम्भीर बन्दै गएको छ । तर पनि सरकार वास्ता गर्दैन। अनि अनशन सफल भएमा आफ्नो लुट बन्द हुने डरले भोला रिजालहरु चिन्तित छन् ।
सबैलाई थाहा छ रिजाल पैसा हुनेका डाक्टर हुन् भने केसीले रुकुम रोल्पाका जनताले सेवा लिन काठमाडौं आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई सेवा गरेका छन् । केसीको कुरा छ, ‘दाङमा मेडिकल कलेज भएको भए रुकुम, रोल्पाका जनता किन काठमाडौं धाउनुपर्थ्यो?,’ जसमा मेरो पूर्ण समर्थन छ र आवश्यक छ सबैको समर्थन । सबै राष्ट्रवादीहरुको समर्थन । हाम्रो समर्थन ! अनि तपाईंको समर्थन…. ???
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्