
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं– कनकमणि दीक्षित एकाएक भूमिगत भएका छन् । साझा यातायातका अध्यक्ष दीक्षितलाई राजस्व अनुसन्धान विभागले सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने चेतावनी दिएपनि उनी भूमिगतनै छन् । असार २८ गते कनकमणी र श्रीमती शान्ता दीक्षितलाई पक्राउ गर्न पाटनढोकास्थित दीक्षित निवास पुगेको राजस्व र महानगरीय प्रहरी परिसर ललितपुरको टोली उनलाई नभेटेपछी फर्केको थियो ।
राजश्व विभागका अनुसार उनले कुल १२ अर्व कसुर प्रमाणीत भएमा उनको विगो राज्यले करोड विदेश पुर्याएका छन् । उनी दोषी प्रमाणित भएको खण्डमा उनको सम्पत्ति जफत गरिने बुझिएको छ भने त्यसबाहेक उनलाई बिगोको न्युनतम सयदेखी ३ सय प्रतिशत सम्म जरीवाना हुने कानुनी प्रावधान रहेको छ । यसरी सरसर्ती हेर्दा दीक्षितलाई न्युनतम २४ अर्ब ५० करोड देखी अधिकतम ३६ अर्ब सम्म जरिवाना हुनसक्ने बताईएको छ ।
यद्यपी उनी अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा पत्ता लागेको छैन । उनी बिगत लामो समयदेखि घर गएका छैनन् भने एकाएक सामाजिक संजालबाट पनि हराएका छन् । उनी भूमिगत बसेको कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनलाई केहि समय अघि अख्तियारले पनि सामेतेको थियो ।