×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कनकमणी दीक्षितलाई खोज्दै राजश्व विभाग, बिदेशी बैंकमा पैसै पैसा, भारतीय टिभीमा समेत लगानी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कनकमणी दीक्षितलाई खोज्दै राजश्व विभाग, बिदेशी बैंकमा पैसै पैसा, भारतीय टिभीमा समेत लगानी !

Artha Sarokar

२९ असार २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता / काठमाडौँ  

केहि समय अगाडी अख्तियारमा तानिएका साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित फेरी पनि विवादमा आएका छन् । उनलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागको टोलीसहित ललितपुर प्रहरी उनको घरमा पुगेको छ । यद्यपी उनी केहि दिनदेखि घर नै गएका छैनन् ।
मंगलबार १० बजे पाटन ढोकास्थित दिक्षितको घरमा पुग्दा उनलाई नभेटेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।
उनलाई घरमा नेभेटेपछी उनका नाममा  गोरखापत्रमा सुचनामा छापिएको छ ।
विदेशमा करिब आधा दर्जन बैंकमा भएको लगानीबारेको अनुसन्धानका लागी एक सातामा उपस्थित नभए पत्नी शान्ता दिक्षीत समेतलाई कानुन बमोजिम कारवाही अगाडी बढाईने समेत राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।
विदेशी बैंकमा पैसै–पैसा !
स्वेदशमा भन्दा विदेशी बैंकहरुमा धेरैवटा खाता खोलेका दिक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको पाइएको छ । त्यस्तै बेलायतको एच.एस.बी. सी. बैंकमा कनकमणी र शान्ता दिक्षीतको नाममा रहेका दुईओटा खातामा २७ हजार ६ सय ३८ पाण्ड स्ट्रलिङ मौज्दात रहेको देखिएको छ । श्रीमती शान्ताको नाममा रहेको बेलायतको एच.एस. बि.सी बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको खुलेको छ ।
त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकमा दिक्षितको नाममा ३६ हजार कित्ता शेयर लगानी रहेको पाईएको छ । बेलायतको एच.एस. बि.सी बैंकमा दिक्षित र उनको श्रीमतीको संयुक्त नाममा एक लाख बिस हजार कित्ता साधारण शेयर रहेको राजस्वको अनुसन्धानबाट खुलेको छ ।
भारतीय टिभीमा समेत लगानी :
उनका बाबु कमलमणि दिक्षीत, अन्जु दिक्षीत र कनकमणी दिक्षीतको नाममा रहेको लण्डनको एच.एस. बि.सी बैंको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको भेटिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी