
काठमाडौं–दक्षिण कोरियाले आगामी वर्ष सन् २०१७ का लागि ७.३ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । अघिल्लो मजदुरको पारिश्रमिकमा ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपाली उत्साहित भएका छन् ।
न्यूनतम् पारिश्रमिक वृद्धि भएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो तहका मूलवासी गरी करिब ३० लाख ५० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । जसले ईपीएसमार्फत आउने १६ मुलुकका कामदार पनि लाभान्वित हुनेछन् ।
सरकार, मजदुर संगठन र व्यावसायिक प्रतिनिधिबीच न्यूनतम् पारिश्रमिक वृद्धि गर्न सहमति भएको हो । यो सहमति आगामी अगष्ट ५ मा संसद्बाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार मजदुरको ज्याला प्रतिघण्टा ६ हजार ४७० वन हुनेछ ।
यस वर्ष प्रतिघण्टा ६ हजार ३० (५.३१ अमेरिकी डलर) छ । सातामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यस वर्षको न्यूनतम मासिक १२ लाख ६० हजार ६८३ मा (९२ हजार २९ वन बढेर) १३ लाख ५२ हजार ७१२ वन (१ लाख २७ हजार ४५० रुपैयाँ) पाउने छन् ।
त्यस्तै सातामा ४४ घण्टा काम गर्ने कामदारले यस वर्षको १३ लाख ६४ हजार १०३ मा (९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ (१ लाख ३७ हजार ९०६ रुपैयाँ) पाउने छन् । आजको कारोबार दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्