
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- समाजसेवी महावीर पुनले आफ्नो नाममा भएको सबै जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका छन् । सन् २००७ को रमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका पुनले आइतबार आफ्नो नामको सबै जग्गा अविष्कार केन्द्रलाई दान गर्ने घोषणा गरेका हुन् ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पुनले सरकारले अविष्कार केन्द्रलाई सहयोग नगरेकाले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेको बताएका छन् । पुनलेअगाडी भन्छन्, ‘पटकपटक भएका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवलाई सहयोग गर्न आग्रह गरेँ । सहयोग नगरे आफ्नै जग्गा दान गर्छु भनेर धम्की समेत दिए तर केही भएन अनि आज सबैको जानकारीका लागि यो कुरा सार्वजनिक गरेको छु ।’
पुनले आफ्नो २८ रोपनी जग्गाको बारेमा समेत प्रष्ट पार्दै फेसबुकमा लेखेका छन्, ‘त्यो जग्गा पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा छ । त्यो जग्गा हाल अमेरिकामाबस्ने बन्बरे, पर्बतको पदम पुन भाइ र मैले २० बर्ष अगाडि किनेका हौँ । त्यो जग्गा किन्दा हामीले त्यसलाई भविष्यमा समुदायलाई फाइदा हुने कुनै राम्रो कामको लागी प्रयोग गर्ने भनेर सल्लाह गरेका थियौं। त्यति बेला त्यो जग्गा पदम भाइको नाममा किनेका थियौं। तर पदम भाई अमेरिकामा बसोबास गरेकोले केही महिना अगाढी सो जग्गा मेरो नाममा नाम सारी गरिएको छ। सो एरियाको हालको जग्गा लेनदेनको आधारमा त्यसको मोटामोटी मूल्य ३ करोड पर्छ।’
पुन लेख्छन्, ‘अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेका छौँ । मैले नेपालको विकासका लागि मेरो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्छु भनि रहेको अबस्थामा सो २८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु। पैसाको अति नै आवश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानका लागि केही भौतिक संरचना बनाइनेछ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्