Skip to content
LAXMI SUNRISE BANK

सरकार गिराउन महत्वपूर्ण भूमिका खेलेवापत महरालाई यस्तो पुरस्कार, उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी !

अर्थ सरोकार

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – केपी ओली सरकार ढालेको भन्दै कृष्ण बहादुर महराले पुरस्कार पाउने भएका छन् । सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेवापत माओवादी नेता कृष्ण बहादुर महराले अर्थ मन्त्रालयको जिम्मा पाउने भएका छन् । 

प्रचण्ड प्रधानमन्त्री रहँदा सञ्चारमन्त्री भएका महराको त्यसै समयमा एउटा अडियो सार्वजानिक भएको थियो जुन निकै विवादित भएको थियो । चीनसँग अत्यन्त निकट सम्बन्ध रहेका महरालाई अख्तियार दुरुपयोग अनुसन्धानले डाम्न लागेका २९ जना मध्ये उनको नाम पनि त्यही सूचीमा समाहित भएको थियो ।

महराले दिल्लीबाट ल्याएको ग्राण्ड डिजाइन अनुसारनै प्रचण्ड पनि ओलीको साथ छाड्न तयार भएको माओवादी निकट सूत्रको दाबी छ । सूत्र भन्छ प्रचण्डलाई केही महिनाको लागि प्रधानमन्त्री हुने बाटो तय गरिदिएको भए पनि प्रचण्डलाई यो कामका लागि राजी गराउन प्रमुख भूमिका खेलेका कृष्णबहादुर महराले समेत उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी आउने सरकारमा सम्हाल्दैछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK