
विदेशी दूत भनेपछि लम्पसार पर्ने र कुटनीतिक मर्यादा समेत भुलेर चोटा कोठामा समेत भेट दिने नेताहरुको संस्कार उद्योगीहरुले पनि अनुशरण गरेका छन् ।
उत्तरी मकवानपुरको थाहा नगर पालिकामा भएको एक कार्यक्रममा प्रमुख अतिथि बनेर गएका भारतीय राजदुत रन्जीत रेका सामु आफू ‘नेपाली नागरिक हो’ भन्ने कुरा पनि बिर्सिएर चाकडी बजाउने अरु कोही नभएर उद्योग वाणिज्य संघकै नेता हुन् । उनले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले सोमबार थाहा नगर पालिकामा भएको एक कार्यक्रममा त्यसरी चाकडी बजाएपछि उनको सामाजिक सञ्जालभरी आलोचना भएको छ ।
सरकार परिवर्तनका लागि ठाँउ कुठाँउ भारतीय गुप्तचर संस्था रअको प्रतिनिधीका रुपमा संदिग्ध गतिवीधी अगाडि बढाइरहेका भारतीय राजदुत एक्कासी उत्तरी मकवानपुरको थाहानगरस्थित दामनमा झुल्किए । छिमेकी मुलुकको राजदुत आफ्नै गाउघरमा आउदा स्थानीयखुसी हुनुपर्ने हो तर यसले राष्ट्रियस्तरमै दामन पालुङकै बेइज्जत गर्ने काम त भयो नै आयोजकहरुको समेत चर्को आलोचना हुन पुग्यो ।
भएको के भने थाहानगर उद्योग बाणिज्य संघले सोमबार बिहान भारतीय राजदुत रे लाई सम्मान गर्ने कार्यक्रम थियो । कुनै बिशेष औपचारिक कार्यक्रम नभएर उनको सम्मानकै लागि तामझामको तयारी गरिएको थियो । उनीबाट ठूलै सहयोगको अपेक्षासहित आयोजकले उनको स्वागत सम्मान, मिष्ठान भोजन, प्रचारप्रसार र बसोबासको व्यवस्था गरेका थिए ।
भब्य स्वागत संगै छलफल कार्यक्रम सुरु भयो । कार्यक्रममा बोल्ने क्रममा मध्यमान्चल उद्योग बाणिज्य संघका एक पदाधिकारीले राजदुत रेको आवश्यक भन्दा बढी नै प्रसंशा गरे । बिभिन्न शब्द कनीकुथी प्रशंसा गरेका उनले यतिसम्म भने कि जुन वाक्यले राष्ट्रिय गरिमामा समेत चोट पुग्यो ।
रेको प्रशंसा गर्दै उनले भने ‘भारतबिना हम जि नै सक्ता’ अर्थात् ‘भारतबिना हामी बाँच्न सक्दैनौ’ । उनले यसो भनेपछि सदरमुकाम हेटौडादेखि उही उद्योगी नेताको अघि पछि गर्दै समाचार संकलन गर्न आएका कान्तिपुर संवाददाता प्रताप विष्ट लगायतका पत्रकारहरु एकअर्काको मुख हेर्दै अनौठो र अफ्ठेरो मानेर मुखामुख गर्न थाले ।
पदाधिकारीको प्रंशसाले मख्ख परेका राजदुत रेले दुताबासमा प्रस्ताब पेश गर्न आग्रह गरेका छन् । कार्यक्रममा थाहानगरका कार्यकारी अधिकृत भीम परियारले नगरपालिकाको बारेमा संक्षिप्त जानकारीसहितको प्रस्तुति दिएका थिए । राजदुत रेलाई पानोरमा रिसोर्टमा राती बस्ने ब्यबस्था मिलाइएको छ ।
स्रोतका अनुसार उनी बस्ने होटलमा बिशेष ब्यबस्था समेत मिलाइएको थियो भने सुरक्ष व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा विविध पर्यटकिय क्षेत्रहरू पनि भ्रमण गराएको थियो । सो घटना पछि सामाजिक सञ्जालमा शम्भु अधिकारीले लेखे, ‘हामी कति माग्ने रहेछौ त, आज थाहा नगर आएको भारतीय राजदुत रन्जित रे संग थाहा नगर मा कोल्ड स्टोर देखि चित्लाङमा सुरुङ्ग मार्ग सम्म माग्न भ्याए ,मोफसलमा माग्दा चै रास्ट्रबादी हुने ,जाबो सरकार माग्दा काठमाडौमा बिदेसी प्रभु भन्ने?हैट यो कुरा अलि हजम भएन है ।’
त्यस्तै राज सापकोटाले पनि तिखो टिप्पणी गरेका छन्, उनले लेखे–‘भारतीय राजदुर रंजित रे सामु मकवानपुर उद्योग वाणिज्य संघका एक जिम्मेवार व्यक्तिले भारतविना नेपाल बाँच्नै सक्दैन भन्दै लम्पसार परे, राधे, राधे । ’
दामन पोष्ट डटकममा खबर छ




– See more at: http://www.damanpost.com/2016/07/432.html#sthash.uplEPhSA.gbgkOewD.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्