
काठमाडौं । नेपाललाई हिन्दू राज्य, राजसंस्था पुनस्र्थापना हुन सक्ने सम्भावनासहितका योजनाहरू भारतीय पक्षबाट खुलेका छन् । नेपाली जनताको निर्णयको आधारलाई टेक्दै नेपाल मामिला हेर्ने भारतीय अधिकारीहरूले अहिले नेपालमा चलखेल बढाएका छन् ।
भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपाल एकल हिन्दू राज्य बनाउनका लागि सहयोग गर्ने राजनीतिक दललाईमात्र भारतीय पक्षले सहयोग गर्ने खुलासा भएको छ । धर्मनिरपेक्षता सहितको संविधान पारित र चीनसँग निकटता बढाउँदै सम्झौता गरेका कारण एमाले–माओवादी गठबन्धन भत्काइएको पनि भारतीय पक्षले खुलासा गरेको छ । यति मात्र होइन, प्रधानमन्त्री निर्वाचनका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सुशील कोइरालालाई उम्मेदवारी दिन लगाउने, संसद् छाडेको मधेसी मोर्चालाई मत हाल्न बाध्यकारी पनि भारतीय पक्षबाटै गरिएको पुष्टि भएको छ ।
अहिले चीनसँगको निकटता र भारतविरोधी अभिव्यक्ति दिएकै कारण एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन भारतीय संलग्नता पुष्टि भएको छ । नेपालको सरकार गिराउने खेलमा भारतीय संलग्नता नरहेको त्यहाँको विदेश मन्त्रालयले भनेको थियो । तर, भारतीय रक्षा अध्ययन तथा विश्लेषण सदस्य एवं भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग्सका पूर्वप्रमुखले संलग्नता पुष्टि गरेका छन् । अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि नै काठमाडौं उत्रिएका भारतीय अधिकारी अशोक मेहताले प्रचण्डलाई गठबन्धनबाट हटाउनका लागि भारतको सहयोग रहेको घुमाउरो पाराले स्वीकार गर्दै ओली सरकार गिर्नुको मुख्य कारण भने चीनसँगको निकटता बढेको पनि बताएका छन् ।
भारतीय सेनाका पूर्वमेजर जनरल मेहताले नेपालको संविधानलाई स्वागत नगर्नु भारतको गल्ती रहेको बताइरहँदा सरकार ढाल्नमा भारतको संलग्नता हुने पुष्टि गरेका छन् । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाहीको निर्णय लिँदा रहेको तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भारतको आडमा ढलेको उनको दाबी छ । उनले तत्कालीन राष्ट्रपति रामवरण यादवमार्फत सरकार ढाल्नका लागि भारतले सहयोग गरेको बताइसकेका छन् ।
उनको यही दाबीले अहिले ओली सरकार गिराउन पनि भारतको संलग्नता पुष्टि हुन्छ । अनौपचारिक रूपमा राजनीतिक भेटमा रहेका मेहताले प्रचण्डलाई लाइनमा उभ्याउन सकिएको दाबी पनि गर्दै आएका छन् । मेहता नेपाल मामिलाका लागि दिल्लीका विशेष पात्र पनि हुन् । आफ्नो नेतृत्वको सरकार ढलेको केही महिनामा प्रचण्ड मेहतालाई भेट्नका लागि छोरीको घर गएको बहानामा पूर्वी नेपाल हुँदै भारतको पश्चिम बंगालको सिलिगुडी पनि पुगेका थिए ।
मोदी सरकारको चासोका रूपमा काठमाडौं आएका मेहताले नयाँ गठबन्धनलाई चार सूत्रीय भारतीय चासो कार्यान्वयनका लागि दिने स्रोतले जनाएको छ । ओली सरकारले चीनसँग गरेको पेट्रोलियम पदार्थ आयातसम्बन्धी सम्झौता खारेज, नेपाललाई हिन्दू राष्ट्र कायमका लागि संविधान संशोधन गर्दै पारित, मधेसका सबै एजेन्डा कार्यान्वयन तथा चीनले लुम्बिनीसम्म जोड्ने भनेको रेलमार्ग खारेजी हुनुपर्ने चासो प्रचण्ड–देउवा समीकरणको सरकारसमक्ष भारतीय चासो बुँदागत रूपमा राखिने स्रोतले जनायो ।
त्यसो त मेहताको सहयोगका लागि अन्य भारतीय अधिकारीहरू पनि काठमाडौं आइपुगेका छन् । अहिले नेपालको राजनीतिमा भारतीय संस्थापन, रअ र भारतीय जनता पार्टी एकमतका साथ लागेको छ । चीनसँग नेपालले सुरु गरेको सबै आर्थिक र विकासे सम्झौता खारेजीका लागि उनीहरू लागि परेका हुन् । ‘चीनले भारतको सीमासम्म रेल विस्तार गर्छु भन्नुको अर्थ के हो ? यसबाट भारतले सुरक्षा खतरा हुने ठहर गरेका कारणले हामी नेपालमा त्यो होस् भन्न चाहन्नौं’, मेहताले एक अन्तरवार्तामा पनि भनेका छन्,‘यो क्षेत्रीय स्पर्धा भएका कारणले भारतको चासो हो ।’
भारतले अहिले पनि प्रचण्डलाई भन्दा बढी कांग्रेसलाई पत्याउने दाबी गरेका उनले प्रधानमन्त्री बन्ने दोस्रो अवसरमा उनी नसुध्रिए भारतसँगको उनको सम्बन्ध सधँै चिसो हुने संकेत पनि गरेका छन् । चीनले नेपालमा गर्न लागेको पेट्रोलियम उत्खननमा भारतको गम्भिर चासो रहेको उनले बताए । जसलाई ओली सरकारले अगाडि बढाएको थियो । उनले भनेका छन्, ‘नेपाली जनताले चाहे नेपालमा राजसंस्था पनि फर्किन सक्छ ।’त्यसो त नेपाललाई हिन्दू राज्य बनाउनका लागि भाजपाका अन्य नेताहरू पनि सक्रियताका साथ लागेका छन् । युवाहरू परिचालन गर्नेदेखि राजनीतिक दलहरूलाई दबाब दिन पनि उनीहरू सक्रिय थिए । भाजपा उपाध्यक्ष कोसियारीसहित रेणु देवी, विजय जोलीलगायत नेताहरू पनि नेपालमा सक्रियताका साथ लागि परेका छन् ।- जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्