×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रेम प्रस्ताव नस्वीकार्दा किष्ट पोलिक्लिनिकका सञ्चालकद्वारा नर्सको हत्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रेम प्रस्ताव नस्वीकार्दा किष्ट पोलिक्लिनिकका सञ्चालकद्वारा नर्सको हत्या !

Artha Sarokar

४ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

ललितपुरको बालकुमारी, खरीबोटस्थित किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरमा कार्यरत नर्स निमा डोल्मा लामाको सञ्चालकबाटै हत्या भएको छ । पोलिक्लिनिकका सञ्चालक उमेशकुमार साहले अर्का सञ्चालक देवकुमार साहको सहयोगमा लामालाई काठमाडौंबाटै अपहरण गरी पोलिक्लिनिकमै बन्धक बनाएर ज्यान मारेको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको छ भने हत्यारालाई कारबाही नगरेको भन्दै आफन्तजनले प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् । मृतककी बहिनी मिना लामाले दिएको उजुरी अनुसार, सञ्चालक उमेशले विवाह गर्छु भनेर लामालाई प्रेमिका बनाए पनि उनको अर्को पनि प्रेमिका भएको खुलेपछि दुवैबीच सम्बन्ध टेढिएको र यसैको बदला लिन अपहरण गरी हत्या गरेको उजुरीमा उल्लेख छ । 
मृतक लामाकी बहिनीले ललितपुर प्रहरी प्रभागमा दिएको उजुरीको बेहोरा यस्तो छः  
मेरी दिदी करिब ३/४ वर्ष अगाडिदेखि नर्सको रुपमा ललितपुरको किष्ट पोलिक्लिनिक बालकुमारी खरीबोटमा काम गर्दै आईरहेकी थिइन् । काम गर्ने क्रममा सोही पोलिक्लिनिकमा सञ्चालक मध्येका उमेशकुमार साहले मेरी दिदीलाई मन पराइरहेको रहेछ । केही वर्ष अगाडिदेखि दुर्इबीच प्रेम सम्बन्ध प्रगाढ हुँदै गइरहेको रहेछ ।
निज साहले र निमा डोल्मा लामाले पनि लभ परेको छ र विवाह गर्नेसम्मको कुरा चलेको छ भन्ने कुरा बताएकी थिइन् । सोही क्रममा क्लिनिक सञ्चालक साह हाम्रो घर चरिकोट र दिदीको डेरामा पनि बारम्बार आइरहने गर्दथे । त्यतिकैमा मेरी दिदी सञ्चालकद्वयसँग सामान्य विवादपछि १ वर्ष अगाडि पोलिक्लिनिकको काम छोडी महाराजगञ्ज, बाँसबारीमा रहेको वयलनेस हस्पिटलमा पार्टटाइम काम गर्दै आएकी थिइन् । 
असार १५ गतेतिर पुनः किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिका सञ्चालकद्वय उमेशकुमार र देवकुमारले फुल डिउटी दिन्छु हाम्रोमा नै काम गरौँ तपाइंलाई मासिक पारिश्रमिक पनि १४ हजार रुपैयाँ दिने भनी फर्काएको कुरा घरपरिवारसँग मेरी दिदीले गरेकी थिइन् । तर मेरी दिदीले पहिला नै विवाद परेर छोडिसकेको ठाउँमा कुनै पनि हालतमा पोलिक्लिनिकमा काम नगर्ने कुरा बताएकी थिईन् ।
जति फकाए पनि मेरी दिदीले पोली क्लिनिकमा नगई पार्टटाइम गरी रहेकी वेलनेश हस्पिटलमा नै काम गर्दै आइरहेकी थिइन् । मेरी दिदी हराएको ४ दिन अगाडि बहिनी मिना लामा र दिदी जानकी लामालाई निज उमेश कुमार साह र मृतक दिदी निमा डोल्मा लामाबीच उमेशकुमार साहको अर्को गलफ्रेन्ड पनि भएको कुरा बताएका थिए र उमेशकुमार साहले अर्को गर्लफ्रेन्ड र निमा डोल्मा लामा दुवैलाई विवाह गर्छु भनी भनेको कुरामा भनाभन तथा झगडा भएको कुरा मृतक निमा डोल्मा लामाले बताएकी थिईन्
मिति २०७३/०३र२४ गतेका दिन देखि मेरी दिदी घरबाट बाहिर निस्केकोमा सोही दिन देखि डेरामा नफकिएको, फोन सम्पर्कसमेत नभएकोले हामी घरपरिवारले खोजतलास गरी रहेका थियौँ तर मेरी दिदीलाई किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिका सञ्चालकहरु उमेश र देवले किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिको कार्यालयमा शरीर बन्धक बनाइराखेका रहेछन् । 
मिति २०७३/०३/२८ गतेका दिन देवकुमार साहले दिदीलाई समान्य पेट दुखेको बिरामी भएर महाराजगन्जस्थित टिचिङ हस्पिटलमा लगेको छ भनी हाम्रो डेरा छेउमा आई खबर गरी फरार भएका थिए । 
मिति २०७३/०३/२८ गतेका दिन बेलुकाको करिब ८ बजेतिर वयलनेस हस्पिटलका ४/५ जना डाक्टर आई निमा डोल्मा लामा टिचिङ हस्पिटलमा एकदमै सिरियस अवस्थामा छ, तपाईहरुलाई खबर गर्न आएका हौँ भनी भनेकाले हामी परिवारका सवै अत्तालिँदै हामीहरु जानकी लामा —१, भिनाजु तारा लामा—१, मामा टेकबहादुर लामा—१, भिनाजु पदम श्रेष्ठ—१ र भाइ विक्रम लामा—१ र म निवेदक मृतकको बहिनी मिना लामासहित ६ जना महाराजगन्जस्थित प्रहरी कार्यालयमा पुगी बुझ्दा मिति २०७३/०३/२८ गते बिहान ९ बजे टिचिङ हस्पिटल महाराजगन्जमा ल्याई बिहान ११ः४० बजे मेरो दिदीको मृत्यु भएको कुरा हामीलाई थाहा भयो ।
त्यसपछाडि महारागञ्जस्थित टिचिङ हस्पिटलमा गई घटनाबारे वुझ्दा मिति २०७३/३/२८ गते विहान ११ः४० मा मेरी दिदी निमा डोल्मा लामालाई मृतक अवस्थामै पु¥याइएको रहेछ भन्ने कुरा टिचिङ हस्पिटलका डाक्टर र नर्सहरुसँग वुझ्दा थाहा भयो ।
यसरी मेरी दिदीको मृत लासलाई हेर्दा देव्रे पट्टिको कानमा टेपले टालिएको, घाँटीमा रातो, निलो हल्का डाम देखिएको र कालो जिन्सको पाइन्टको लगाएको टाँक खुस्किएको, भुइमा सुताइएको अवस्थामा टिचिङ हस्पिटलमा राखिएको अवस्थामा देखिएको हुनाले मेरो दिदी निमा डोल्मा लामाको निज उमेशकुमार साह र देव कुमारको कर्तव्यबाट मृत्यु हुन गएको स्पष्ट देखिएको हुनाले यो किटानी जाहेरी दिन आएकी छु । 
निज अन्यायी किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालि सञ्चालकद्वयलाई मेरी दिदी निमा डोल्मा लामालाई ५ दिनसम्म अपहरण तथा शरिर बन्धक बनाई रिसिइवी तथा योजना, जोरजुलुम गरी निर्ममतापूर्वक हत्या गर्ने निज किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिका सञ्चालक उमेशकुमार साह र देवकुमार साहले किष्ट पोलिक्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिको कार्यालयमा शरिर बन्धक र कर्तव्य गरी ज्यान मारेको हुँदा निजहरुलाई तत्काल पक्राउ गरी निजहरुलाई शरिर बन्धक र मुलुकी ऐन, ज्यान सम्बन्धीको महलबमोजिम हुँदैसम्मको कानूनी कारबाही गरी पाउँ ।
  • प्रस्तुती : सदावाहार डटकम 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी