Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंकको नाम फेरिँदै

अर्थ सरोकार

काठमाडौं/ कुमारी बैंक बाहिरिए पनि अन्य ४ वटा राष्ट्रियस्तरका विकास बैंकसँग मर्जरमा जान लागेको एनसीसी बैंकको नाम फेरिने पक्का भएको छ । स्वाप रेसियोदेखि सबै बिषय टुंगिए पनि अब नामको विवाद मर्जर कमिटीमा पुगेको हो । यसअघि नामबारे पनि टुंगो लागिसकेको थियो । 
तर, कुमारी बैंक  बाहिरिएपछि पुन: नामको विवाद आएको हो । यसअघि एनसीसी र कुमारी दुबै ठुला बैंक भएकाले अन्य साना बैंकले नामबारे आफनो  धारणा राख्न पाएका थिएनन्  । ‘कुमारी र एनसीसीलाई  मिलाएर ‘केसीसी बैंक लिमिटेड’ राख्न सहमति यसअघि भएको थियो ।
कुमारी बाहिरिएका सन्दर्भमा उक्त नाम नराख्ने बिषयमा कमिटि संयुक्त मर्जर कमिटि भित्र एकमत देखिएको छ। मर्जरपछिको नामको विषयमा राष्ट्र बैंकबाट समेत प्रतिनिधित्व गर्ने एनसीसीका सञ्चालकहरूले एनसीसी नै नाम राख्नुपर्ने, यसो गर्दा झन्डै करोड रुपैयाँभन्दा बढी रकम बचत हुने तर्क गरिरहेका छन् । शेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK