
काठमाडौँ – ४ वटा विकास बैंक र २ वटा वाणिज्य बैंक मिल्ने भनिएको एनसीसी बैंकमा कुमारी बैंकले मर्जर नगर्ने साधारण सभाबाटै निर्णय दिएपछि एनसीसी बैंकको नाम परिवर्तन गर्नेवारे विवाद सुरु भएको छ । लक्ष्मी र जीत वहादुर श्रेष्ठको करिब ४२ प्रतिशत भन्दा बढी प्रमोटर शेयर रहेको एनसीसी बैंकको नाम परिवर्तन गर्न ४ विकास बैंकका सञ्चालकहरुले आग्रह गरेका हुन ।
पटक–पटक बदनाम भएको राष्ट्र बैंकले हस्तक्षेप गरेको एनसीसी बैंकको नाम परिवर्तन गर्न मर्जर कमिटी भित्र विवाद भएपछि यो महत्वपूर्ण मेगा मर्जर कतै भाडिने त होइन भन्ने चर्चा फेरि बजारमा सुरु भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रयन्न निरौलाको नेतृत्वमा रहेको एनसीसी बैंकको मेगा मर्जर भाड्न लक्ष्मी र जीत बहादुर श्रेष्ठ समूह लागि परेको राष्ट्र बैंकले फेला पारेको छ ।
नेपाली जनताको पैसामाथि फूपूको श्राद्ध गर्न पल्कीएका श्रेष्ठ दाजु भाईहरुले फेरि एनसीसी बैंक डुबाउने खेल सुरु गरेको स्रोतको दावी छ ।
उत्ता निर्मल प्रधान समूह पनि मर्जर पछि एनसीसी बैंकमा आफ्नो ११ प्रतिशत शेयर रहेको अस्तित्व नहुने भन्दै मर्जर भाड्न लागेको देखिन्छ । आगामी असोज भित्रै मर्जर गर्ने लक्ष्य लिएको यी ४ विकास बैंक र १ वाणिज्य बैंकको मर्जर भए यो नेपालकै लागि ऐतिहासिक ठूलो मर्जर हुने प्रष्ट छ ।
प्रस्तुती : राजतिलक