×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव माओवादीको आयोजनामा भोलि साउन १० गते नेपाल बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विप्लव माओवादीको आयोजनामा भोलि साउन १० गते नेपाल बन्द !

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सरकारले गत २१ गतेदेखि सर्लाहीको ढुंगेखोला– ८ धरहरास्थित सुकुम्वासी बस्तीमा व्यापक दमन गरिरहेको भन्दै त्यसको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भोलि साउन १० गते नेपाल बन्दको आव्हान गरेको छ । 
नेकपा माओवादी दाङका सेक्रेटरी शितलले प्रेस  विज्ञप्ति जारी गरी सुमुम्वासी बस्तीमा प्रहरीले दमन गर्दै ३६ जना सुकुम्वासीहरुलाइ घाइते बनाएको, व्यापक गिरफ्तारी र धरपकड गरेको, सुकुम्वासीको खेतबारीमा लगाइएको अन्नबालीमा ट्याक्टर, डोजर लगाएर नष्ट गरेको भन्दै त्यसको विरुद्धमा नेपाल बन्दको गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएका छन् । विज्ञप्तिका अनुसार बिहान ५ बजेदेखि बेलुुकी ५ बजेसम्मको नेपाल बन्दमा यातायात, कलकारखाना, शिक्षणसंस्था, ब्यापार व्यवसाय सबै बन्द हुनेछन् ।
विज्ञप्तिमा सेक्रेटरी शितलले आम नागरिक, व्यापारी, कर्मचारी, पत्रकार सबैलाइ बन्दको कार्यक्रम सफल पारिरदन आग्रह गरेका छन् । माओवादीले देश र जनताको पक्षमा संविधान घोषणा गरेको दावी गर्ने दलहरु सरकार फेरवदल र सत्ताको मालिक बन्ने खेलमा रमाइरहेको विज्ञप्तिमा उल्लेख छ । भूकम्प, महंगी, कालोबबजारी जस्ता कुराबाट देश र जनता आक्रान्त भइरहेको अवस्थामा दलहरु गम्भीर नहुनु हाँस्यास्पद भएको विज्ञप्तिमा उल्लेख छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी