×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थलगत रिपोर्ट : कस्तो छ नेपाल बन्दको प्रभाव ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्थलगत रिपोर्ट : कस्तो छ नेपाल बन्दको प्रभाव ?

Artha Sarokar

१० श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
आज विप्लव समुहले गरेको बन्दको काठमाडौँमा आंसिक मात्र प्रभाव परेको छ । काठमाडौँमा स्कुल, कलेज बन्द भएका छन् भने अन्य व्यवसाय खासै बन्द भएका छैनन् । सडकउमा गाडीको उपस्थिति कम भएपनि निजि गाडीहरु स्व : स्फुर्त रुपमा चलेका छन् । सार्वजनिक गाडीहरु पनि कम भएपनि गुडेका छन् । बन्दकै कारण कतै जाने कार्यक्रम स्थगन नै गर्नुपर्ने गरी बन्द भएको छैन ।     
यद्यपि बन्दकाे अवज्ञा गरेकाे भन्दै विप्लव नेतृत्वकाे माअाेवादीले राजधानीस्थित संसद भवन  अगाडि प्रहरीको आँखा छलेर एक ट्याक्सीमाथि  अागजनी गरेकाे छ । बिहान ६ बजेतिर माअाेवादी कार्यकर्ताहरूले नयाँ वानेश्वरकाे संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्रअगाडि  माअाेवादीका कार्यकर्ताहरूले अागजनी गरेका हुन् । गाडी पूर्ण रुपले क्षतिग्रस्त भएको बुझिएको छ । 
सर्लाहीलगायत देशैभरि दशाैं हजार सुकुम्बासीहरूलार्इ सरकारले बिना विकल्प बल प्रयाेग गरेर उठिवास लगाएकाे विराेधमा अाज नेपालबन्द अायाेजना गरेकाे बताएकाे छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी