×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि फैलिदै नेटवर्किङको जालो, आइबोसले यसरी ठग्दैछ सोझा नेपाली !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फेरि फैलिदै नेटवर्किङको जालो, आइबोसले यसरी ठग्दैछ सोझा नेपाली !

२८ असार २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–गोल्डक्वेष्ट नामक कम्पनीबाट नेपालमा सुरु भएको नेटवर्किङ व्यवसायको अवैध धन्दा हर्बो र यूनिटी इन्टरनेशनलसम्म पुग्दा लाखौं नेपाली ठगिए । यूनिटीका संचालकहरुलाई जेल हालेपछि नेटवर्किङ बन्द भयो ।
तर फेरि पछिल्लो एक वर्षमा देशमा एक दर्जन नेटवर्किङ कम्पनीहरु  सक्रिय भइसकेका छन् । अहिले विभिन्न मार्केटिङको नाममा उनीहरुले हजारौं नेपालीलाई नेटवर्किङ कम्पनीहरुले जालमा पारिसकेका छन् । तर प्रशासनले कुनै चासो दिएको छैन ।
नेपालमा दुई वर्षदेखि आईबोस नामक कम्पनीले नेटवर्किङको धन्दा चलाइरहेको छ । पहिला यूनिटीका व्यक्तिहरु अहिले आईबोस  कम्पनीका एजेन्ट बनेर पैसा उठाइरहेका छन् । उक्त कम्पनीमा प्रमुख हब खड्का हुन् ।  चितवन घर भएका उनी प्राय: बिदेशमा बस्छन् । नेपालमा आफ्ना एजेन्टहरुलाई परिचालन गरी उनले यस्तो काम  गरिरहेका छन् । राजकुमार दंगाल, नारायण शिवाकोटी लगायत व्यक्तिलाई खटाएर उनले नेपालमा काम गरिरहेका छन् ।
नेटवर्किङ धन्दाकै आरोपमा उनलाई डेढ वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । तर उनी सोर्सफोर्स लगाएर छुटे । बिदेशमा रहेका नेपालीलाई समेत उक्त कम्पनीको सदस्य बनाएर पैसा उठाइएको छ ।  आजको दृष्टि साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: