×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकमा यसरी हुन्छ ब्रह्मलुट ! ड्राईभरको तलब आफै खाँदै सञ्चालक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकमा यसरी हुन्छ ब्रह्मलुट ! ड्राईभरको तलब आफै खाँदै सञ्चालक

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व तह नै  अराजक बन्न थालेका छन् । बैंकको नीति–नियम र निर्देशनहरू एकपछि अर्को कमजोर हुँदै गएको, सुपरीवेक्षण झन् खस्किएकोतर्फ गभर्नर, डेपुटी गभर्नर सञ्चालकहरूले कुनै चासो देखाएका छैनन् । बरु उनीहरू राजनीतिक संक्रमणको फाइदा उठाउँदै अनावश्यक बैठक राख्ने, जथाभावी विदेश यात्रा गर्ने र अस्वाभाविक सुविधा वृद्धि गरेर कुस्त कमाउन योजनामा  अघि बढेको बुझिएको छ । राष्ट्र बैंकको लेखापरिक्षण प्रतिवेदनमा समेत अनाबश्यक बैठक बसेको र बढी सुविधा लिएको बारे कैफियत जनाइएको छ ।
बैठकभत्ता नै अति अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई जथाभावी बैठक नराख्न र बैठकभत्ता नबढाउन दबाब दिने नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडि बढाइएको सञ्चालक समितिको बैठकभत्ता रकमलाई ५ हजारबाट ७ हजार ५ सय पुर्‍याइएको छ । यसैका लागि पनि अनावश्यक बैठकभत्ता र सुविधा खाँदा एउटै सञ्चालकले लाखौं रकम लैजाने गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ मा सञ्चालक समितिको जम्माजम्मी ४५ वटा बठक बबसेकोमा गत आर्थिक वर्षमा झण्डै १ सय पुर्‍याइयो ।
त्यत्तिक हाराहारीमा व्यवस्थापन समितिको बैठक पनि डाकिएको छ । सञ्चालक समिति र व्यवस्थापन समितिको बैठक भत्ता समान रहेको छ । दुबै समितिको बैठकमा गभर्नर र डेपुटी गभर्नर पदेन सदस्य हुन्छन् । यस हिसावले गभर्नर र डेपुटी गभर्नरले  वर्षमै करिब २ सयभन्दा बढीको बैठक भत्ता र सुविधा लिने गरेको देखिन्छ ।
दोहोरो सुविधा खाँदै 
राष्ट्र बैंकको सुविधामा दरबारजत्रै घर बनाएका दुबै डेपुटी गभर्नरले सुरक्षा र संवेदनशीलता भन्दै मासिक १ लाखको घरभाडाको सुविधा लिने भएका छन् । त्यसमा पनि भाडाको घरमा आवश्यक पर्ने सबै सामान जोड्नको लागि बैंकले प्रत्येकलाई  १ करोड खर्च गर्नुपर्ने बैंक स्रोतले बताएको छ । जबकी राष्ट बैंकले नै घर बनाउनका लागि सापटी र  सेवा रकम दिएको छ  दिएको छ भने सोही व्यक्तिलाई घरभाडा सुविधा पनि दिन आर्थिक नियमले मिल्दैन । तर, अरूलाई नियम सिकाउने राष्ट्र बैंकले नै आफ्नो हाकिमहरूलाई यस्तो सुविधा एकोमा
कसले कारवाही गर्ने ?
ड्राईभरको तलब आफै खाँदै 
राष्ट्र बैंक सञ्चालक समितिका सदस्य र गभर्नर, डेपुटी गभर्नर सबैलाई मासिक अथाह पेट्रोल खर्च, टेलिफोन खर्च र पत्रपत्रिका खर्च भनेर नगदै रकम बुझाइने व्यवस्था गरिएको छ । उनीहरूका चालक खर्चको रकम पनि झन्डै दोब्बर बनाउने टिप्पणी उठाई सकिएको स्रोतको दावी छ । स्मरण रहोस्, सञ्चालकहरूले बैंकको बैठक तथा कार्यक्रममा सहभागी हुँदा नीजि गाडी प्रयोग गर्दैनन् । राष्ट्र बैंकको गाडी नै प्रयोग गर्दछन् । तर पनि उनीहरूले मासिक इन्धन र चालकको सुविधा वापतको रकम भने बकाइदा आफैं हस्ते गरेर बुझ्ने गरेका छन् । कुनै पनि सञ्चालकले गाडीको ड्राइभर राखेका छैनन तर उनीहरू ड्राईभरको तलब आफैले बुझ्ने गरेका छन् । आजको शेयर बाजार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी